फागुन, ६, काठमाडौं । बालअधिकारको प्रत्याभूतिबिना ‘नयाँविश्व’ सम्भावना भएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिकमञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममाबोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् ।
कन्सोर्टियम नेपालको संयोजनमाभएको उक्त सत्रमाबोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसाय लगायतका क्षेत्रमा बालबालिका र किशोरकिशोरीलाई लगाउनु दु्ःखद भएको बताएका छन् । कार्यक्रममा अनलाइन मन्तव्य राख्दै युएन सीआरसी कमिटी अध्यक्ष प्रो.आन स्केल्टनले यस्ता सामाजिक भेलाहरुमा विश्व चुनौतिका बारेमा विचार विमर्श र छलफलले समस्याका सामधान गर्ने उपाय खोजी हुने बताइन् ।
सभालाई सम्बोधन गर्दै युएन सीआरसी कमिटी उपाध्यक्ष रिन्चेन चोपेलले आफू यो नेपालको यो सम्मेलनमा ज्ञान बाँड्न आएको नभएर नेपालीले अनेकौं चुनौतिका बाबजुद पनि यस प्रकारको आन्दोलन मार्फत आफ्नो जीवनमा ल्याएको परिवर्तन र संघर्षलाई नजिकबाट नियाल्दै त्यसबाट अभिप्रेरित बन्न आफू नेपालआएको बताए ।
डिकेए अस्ट्रियाकी इन्ग्रेड पिन्टरेचले बालबालिका लागि एउटा न्याय मूलक विश्व स्थापना गर्न आवश्यक रहेको बताउँदै विश्वमा बिग्रदै गएको वातावरण जलवायु परिवर्तनकायसले विश्वब्यापी रूपमा बालबालिका र युवाहरूको जीवनमा पारेका असरका मुद्दाहरूलाई सम्बोधन गर्नैपर्ने बताइन् । उनले बिग्रँदो वातावरण र जलवायु परिवर्तनका असरहरूबाट बढी प्रभावित पिछडिएका र आदीवासी बालबालिकाको सवालमा काम गर्न समेत जोड दिइन् ।
कार्यक्रममा बोल्दै वरिष्ठ बाल अधिकारकर्मी तारक धितालले बालबालिका र किशोरकिशोरीको अधिकारको लागि परिर्वतन सहितको दबाब सिर्जना आवश्यक रहेको बताउँदै यस्ता कार्यक्रम बालबालिका र किशोरकिशोरीको अधिकार र उनीहरूको न्यायको लागि फलदायी हुने बताए ।






