राष्ट्रपति निर्वाचन २५ फागुनमा

काठमाडौं, माघ १० गते । निर्वाचन आयोगले २५ फागुनभित्रै राष्ट्रपति निर्वाचन गर्नेगरी तयारी अघि बढाएको छ । आयोगले २५ फागुनकै मितिलाई प्राथमिकतामा राखेको छ । आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्य पदको निर्वाचन २५ माघमा गर्ने र त्यसपछि २५ फागुनमा राष्ट्रपति निर्वाचन गर्ने गरी तयारी अघि बढाएको हो । आयोगले मितिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल … Read more

जीतपुरसिमरा: व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने, वडाबाटै काम हुने

एस.एस. पटेल, माघ ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा व्यवसाय दर्ता गर्न अब नगरपालिका जानु नपर्ने भएको छ । नगरले व्यवसाय दर्ता गर्न अब वडालाइ जिम्मा दिएको छ । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले व्यवसाय दर्ता वडाबाटै गर्ने निर्णय गरेको जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजनपौडेलले बताउनु भयो । यस अघि व्यवसाय दर्ता गर्न उपमहानगरको कार्यालयमै गएर व्यवसाय … Read more

धरानमा खुकुरी प्रहार गरी साथीको हत्या

इनरुवा, ६ माघ । सुनसरी जिल्लाको धरानमा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना सख्त घाइते भएका छन् । धरान उपमहानगरपालिका–५ मा खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् ।स्थानीय ३९ वर्षीय हर्कबहादुर … Read more

७ दलीय गठबन्धन राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा रहँदैन् : सिके राउत

काठमाडौं,०६ माघ । जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा अहिलेको सत्ता गठबन्धन टुट्ने सनसनीपूर्ण खुलासा गरेका छन् । आजसम्म आफूहरु सत्ता पक्षमा रहेकाले नैतिक रुपमा सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गरेको स्पष्ट पारे । उनले नेपाली राजनीतिमा नैतिकता भन्ने कुरा हराएको पनि गुनासो पोखे । उनले अब के हुन्छ … Read more

उपसभामुख चयनको प्रक्रिया सुरु, आज मनोनयन दर्ता

डेस्क, माघ ६ गते । प्रतिनिधिसभाको उपसभामुख चयनको प्रक्रिया आज सुरु हुँदै छ ।  आज उपसभामुखको उम्मेदवारी मनोनयन दर्ताको कार्यतालिका रहेको संसद सचिवालयले जनाएको छ । शुक्रबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएको छ । प्रतिनिधिसभाले बिहीबार मात्रै सभामुख पाएपछि आज उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो । उम्मेदवारको नामावली … Read more

दक्षिण कोरियामा भीषण आगलागी हुँदा ६० घर जलेर नष्ट

एजेन्सी । दक्षिण कोरियाको राजधानी सउनस्थित एउटा गरीब बस्तीमा भीषण आगलागी हुँदा ६० घरहरू जलेर नष्ट भएका छन् । राजधानी सउलको गाङनाम जिल्लाको एउटा साँघुरो गल्लीमा आगलागी भएको हाे । आगलागी भएपछि ५ सय भन्दा बढी मानिसहरूलाई अन्यत्र सारिएको छ । मानवीय क्षति भए नभएको बारेमा भने निक्र्यौल भइसकेको छैन । एका बिहानै लागेको आगो … Read more

जीतपुरसिमराको वडा स्तरीय योजनाको सम्झौता अब वडामै हुने

एस.एस. पटेल, माघ ५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडाहरूको योजनाको सम्झौता वडामै हुने भएको छ । यस अघि जीतपुरसिमराका वडा स्तरीय सबै योजनाको सम्झौता नगरपालिकाबाटै हुदै आएको थियो । बिहिबार बसेको नगरको कार्यपालिका बैठकले अब वडाको सबै योजनाको सम्झौता वडामै हुने निर्णय गरेको जीतपुरसिमराउपमहानगरका नगरप्रमुख राजन पौडेलले बताउनु भयो । वडाको योजनाको सबै सम्झौता वडाबाटै गरेर काम सम्पन्न … Read more

६ महिनामा वैदेशिक रोजगारीका लागि ४ लाख नेपाली बाहिरीए

काठमांडौ, ५ माघ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना ९साउनदेखि पुससम्म०मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९र८० को पहिलो छ महिनामा … Read more

माइकल ज्याक्सनमाथि बायोपिक फिल्म ‘द माइकल’ बन्ने

काठमाडौं, माघ ५- चर्चित गायक माइकल ज्याक्सनको जीवनमाथि फिल्म ‘द माइकल’ निर्माण हुने भएको छ । हलिउड स्टुडियो लायन्सगेट र निर्देशक एन्टोइन फुक्वाले उनीमाथि फिल्म निर्माण गर्न लागेको हलिउड रिपोर्टर म्यागजिनले जनाएको हो । ओस्कार अवार्ड विजयी फिल्म ‘बोहिम्यान र्‍यापसोडी’का निर्माता ग्राहम किङले यो बायोपिक फिल्म निर्माणमा जोन ब्रान्का र जोन म्याकक्लेनसँग मिलेर फिल्म निर्माण … Read more

कांग्रेस सांसदलाई गृहमन्त्रीको जवाफ: गृह मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर जाँदैन

काठमाडौँ, माघ ५- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेका सांसदसमेत बैठकमा उपस्थित भए नभएको निर्क्यौल गरेर मात्र बैठक चलाउन माग गरेका थिए । सभामुखले यसबारे कुनै रुलिङ गरेनन् । तर सभामुखका … Read more