देशका धेरै ठाउँमा आज र भोलि पानी पर्ने, चट्याङसहित हावाहुरीको पनि सम्भावना

काठमाडौं, बैशाख १५- हाल बागमती प्रदेशका केही स्थानसहित कोशी, गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । पूर्वी भेगका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । देशका धेरै ठाउँमा आज दिनभर पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँ, लुम्बिनी र … Read more

बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ?

काठमाडौं,बैशाख १४- प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शनिबार साँझ भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी … Read more

कलैयामा पत्रकार यादवलाई गोली हान्ने धम्की, हस्पिटल संचालक प्रहरी नियन्त्रणमा

बारा, वैशाख १४ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको अनुगमनको रिपोर्टिङ्गका क्रममा साझेदारी राष्ट्रिय दैनिकका संवाददाता सन्दिप प्रसाद यादवलाई गोली हान्ने धम्की दिइएको छ। शनिबार कलैया उपमहानगरपालिका–६ स्थित अस्पताल रोडमा रहेको योगशिला हस्पिटल प्रालिमा रिपोर्टिङ गर्न गएका पत्रकार यादवलाई सोही अस्पतालका सञ्चालक पवन गुप्ता र डाक्टर सुमन प्रसाद साहले दुर्व्यवहार गर्दै ज्यान मार्ने धम्की … Read more

रघुजी पन्त शिक्षामन्त्री, शपथ भोलि

काठमाडौं,बैशाख १०- नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

काठमाडौं,बैशाख १०- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्। उनको कार्यशैलीमा प्रश्न उठेपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिन सुझाएका थिए। उनले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन्। कांग्रेसबाट ऊर्जा राज्यमन्त्री बनेका उनी नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्न नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै आएका … Read more

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ, वैशाख १०- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय … Read more

आज काठमान्डौंमा ३२ र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने

बारा, वैशाख ९ गते । आज काठमान्डौंमा ३२ डिग्री र तेराईमा ३९ डिग्री सम्म तापक्रम बढन सक्ने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले तेराई र काठमान्डौंसहित पहाडी भागमा आंशिक बदली भै तापक्रम बृद्धि हुने बताएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई रु एक करोड बढी राहत

चितवन, वैशाख ९- चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई रु एक करोड २३ लाख छ हजार ८४२ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२ घटनाको राहतस्वरुप सो रकम उपलब्ध गराएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत साउनदेखि चैत मसान्तसम्ममा विभिन्न समयमा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुले गराएका घटनाबापत सो रकम … Read more

परीक्षा बोर्डको बैठक बस्दै, कक्षा १२ को परीक्षाबारे निर्णय गर्ने

काठमाडौं,बैशाख ९- कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार परीक्षा बोर्डको बैठक बस्ने भएको छ। बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए। शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षक अहिले काठमाडौंमा जम्मा भएर आन्दोलन गरिरहेका छन्। शिक्षक महासंघको आह्वानमा गत २० चैतदेखि उनीहरू … Read more

पर्सामा मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु

पर्सा ८ गते । पर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिका २ का ३० वर्षीय बिहारी राम रहेका छन् । जगरनाथपुर गाउँपालिका २ पाण्डेपुरस्थित सडकमा ग५प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लिएर … Read more