सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएर अहिलेसम्मकै उच्च बनेको हो । यसअघि गत भदौ २८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ३ … Read more

परराष्ट्रमन्त्री राणा क्यानडा जादै

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् । सो सम्मेलनलाई … Read more

मुख्यमन्त्रीबाट दुई दिनपछि राजीनामा दिने अरविन्द केजरीवालको घोषणा

काठमाडौँ । अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन् । उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए । उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, ‘म सीएमको कुर्सीबाट राजीनामा … Read more

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने

चितवन, भदौ ३०- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिमबङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन … Read more

सिमलतालमा ट्रक दुर्घटना

चितवन । नारायणगढ मुग्लिन सडकखण्डको सिमलतालमा ट्रक दुर्घटना भएको छ । आइतबार बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशुलीमा खसेको हो । यसअघि यही ठाउँबाट दुई यात्रुबाहक बस त्रिशुलीमा खसेका थिए । दुर्घटना भएको ट्रक आरएमसी कम्पनीको खानेतेल बोकेको ट्रक रहेको र ट्रकका चालक र सहचालकको अवस्था अहिलेसम्म अज्ञात रहेको प्रहरीले जानकारी दिएको छ … Read more

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ, भदौ ३०- ताप्लेजुङ जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर चार दशमलव छ रिक्टरस्केलको भूकम्प भएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रिक्टरस्केलको भूकम्प भएको … Read more

आज आइतवार यस्तो छ तपाईको आजको राशिफल, २०८१ साल भदौ ३० गते

भदौ ३०- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी हुनेछ । नयाँ र शुभ समाचार पनि सुन्न पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएको धन हात पर्ला । मिष्ठान्न भोजन प्राप्ति हुनेछ … Read more

प्रधानमन्त्रीका कारण बालिकाहरुले न्याय पाएननः मेयर बालेन

काठमाण्डौँ, भदौ २९- काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीका करण बालदिवसको शुभकामना दिन नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुक पेज मार्फत शाहले पीडित बालिकाहरु प्रधानमन्त्री ओलीको कारण न्याय नपाएर मर्नुपरेको कारण बालदिवसको शुभकामना दिन नसकेको बताएका हुन् । उनले आफ्नो शुभकामना पनि प्रधानमन्त्रीलाई टक्राउन चाहेको बताएका छन् । ‘पीडित बालिकाहरुले प्रम … Read more

रक्सी खाएर झगडा, दाजुले गरे भाइको हत्या

काठमाडौं, भदौ २९- झापाको शिवसताक्षी नगरपालिका–८ मा दाजुले भाइको हत्या गरेका छन्। शितलचोक निवासी नारायण सिटौलाले बिहीबार राति भाइ रामप्रसाद सिटौलाको हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ खाएर झगडा गर्ने क्रममा नारायणले दाउराले हानेर भाई रामप्रसादको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए। नारायणलाई पक्राउ गरी अनुसन्धान गरिरहेको … Read more

भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त … Read more