चौतर्फी बिरोधपछि मधेस प्रदेश सरकारका ८ राज्यमन्त्री बर्खास्त

बारा, साउन २९ गते । चौतर्फी विरोध पछि मधेस सरकारले प्रदेश सरकारको ८ जना राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री सतिसकुमार सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले बताएको हो । मधेस प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार ८ जना राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइएको … Read more

मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल

काठमाडौं, २९ साउन । नासा मिसनबाट प्राप्त डाटाले मंगल ग्रहको सतह मुनि गहिरो पानीको भूमिगत भण्डारको प्रमाण फेला परेको छ । नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ । मंगल ग्रहको क्रस्टको बीचमा रहेको चट्टानको सानो दरार र छिद्र अध्ययन गर्दा पर्याप्त पानी रहेको अनुमान गरिएको छ। मंगलग्रहको जमिनमुनिको … Read more

आज मंगलवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन २९ गते

साउन २९- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा पनि आउनसक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । … Read more

माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु

बारा, २८ साउन । माछा भात खाएर फूड पोईजनिङ हुँदा बारामा एकै परिवारका तीनको मृत्यु भएको छ। जिल्लाको सिम्रौनगढ नगरपालिका झवानी गाउँमा फुड पोइजनिङ बाट स्थानिय नरेश राम चमारको तीनजना नाबालक छोरा र छोरीको मृत्यु भएको हो । छिमेकी राजदेव रामका अनुसार आईतवार राति नरेश राम चमारको छोरी ९ वर्षि लालिमा राम, ७ वर्षिय पुष्पा … Read more

बाढीपहिरो लगायतका विपद्मा परी आजसम्म एक सय ७३ को मृत्यु

काठमाडौँ, साउन २८- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढीपहिरो लगायतका विपद्मा परी आज साउन २८ गते दिउँसोसम्म एक सय ७३ जनाको मृत्यु भएको छ । बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २६ जना, मधेस प्रदेशमा सात जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, … Read more

प्रधानमन्त्री ओलीद्धारा भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौं, साउन २८- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ । शिष्टाचार भेटका लागि यहाँ आउनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । … Read more

यस्तो छ आज सोमबारको राशिफल, २०८१ साउन २८ गते

आजको राशिफल बि.सं.२०८१ साउन २८ गते सोमबार ई.सं.२०२४ अगस्त १२ नेपाल सम्बत ११४४ गुंलाथ्व सप्तमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल अष्टमी, चन्द्रमा तुला राशिमा, स्वाती नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५: ३३ बजे, सूर्यास्त साँझ ०६: ४४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला राशीको … Read more

आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, साउन २७- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा … Read more

आज आइतवार यस्तो छ तपाईको राशिफल, २०८१ साल साउन २७ गते

साउन २७- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ । रोकिएको धन हात पर्ला । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजसेवामा मन लाग्नेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । … Read more