बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो, एकैदिन दुइ पसलमा चोरी कयौमा टोडफोडको प्रयास

बारा, मंसिर २७ गते । बाराको जीतपुरमा चोरीको घट्ना बढ्दो क्रममा छ । चोरीको घट्ना बढदै गएपछि जीतपुरका व्यापारीहरु त्रसित बन्दै गएका छन् । हिजो रातिको समयमा जीतपुर बजारमा उमेस प्रसादको जुता चपल पसल र सेशनाथ साहको घडि पसलमा चोरी भएको छ । उँहाहरुको पसल संगै जीतपुर बजारमा अन्य कयौ पसलको ताल्चा तोडफोड गर्ने प्रयास … Read more

बारामा २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ

बारा, मंसिर २६ गते । २६ किलो लागु औषध चरेश र गाँजा सहित २ जना पक्राउ परेका छन् । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नजिको जंगलमा लुकाई छिपाई राखेको गाडीलाई चेकजाँच गर्दा २६ किलो ८०० ग्राम अबैध लागु औषध चरेश र गांजा बरामद गरी गाडीमा सवार २ जनालाई बारा प्रहरीले … Read more

बाराकी २० वर्षिय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

बारा, मंसिर २५ गते । बाराकी एक २० वर्षिय महिलाले तिम्ल्याही बच्चा जन्माएकी छिन् । विरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी हुन्। बाराको कलैया उपमहानगरपालिका– १६ मझौलिया घर भएकी मिन्कुदेवी रामले तिम्ल्याही बच्चा जन्माएकी हुन् । मिन्कुले शल्यक्रियामार्फत तीन बच्चा जन्माएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. दीप्ति यादवले बताइन्। … Read more

नाट्टाको आयोजनामा ‘कस्टमर केयर सर्भिस’ तालिम सम्पन्न

बारा, मंसिर २३ गते । मधेसमा युवाहरुलाई ‘कस्टमर केयर सर्भिस’ तालिम प्रदान गरिएको छ । होटल तथा पर्यटन व्यवसायमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यसहित प्रदेशको बारामा ‘कस्टमर केयर सर्भिस’ तालिम निशुल्क प्रदान गरिएको हो । नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहयोगमा नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) मधेस प्रदेशले पाँच दिने तालिमको आयोजना गरेको … Read more

पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि

बारा, मंसिर २१ गते । पशुपती रोड कैरियर नेपालको शाखा जीतपुरमा पनि स्थापना भएको छ । नेपालको लोकपृय दुवानी सेवाको रुपमा स्थापित रहेको पशुपती रोड कैरियरले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा आफ्नो डेरीभरी र बुकिङ्ग काउन्टर संचालनमा ल्याएको हो । पशुपती रोड कैरियर नेपाल प्रा.लीले एक कार्यक्रमको आयोजना गरि आफ्नो जीतपुर शाखाको … Read more

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे. … Read more

बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी, अनुमानित २० करोडको क्षति

बारा, मंसिर १७ गते । बाराको नेपोभिट टायल्स कम्पनीमा भिषण आगलागी हुदा अनुमानित २० करोडको क्षती भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको नेपाल सेरामि इन्डस्ट्रिको नेपोभिट टायल्स कम्पनीमा आगलागी हुदा २० करोड बरोबरको अनुमानित क्षति भएको हो । आइतबार करिब ३ः३० बजेको समयमा आगो लागेको सोही कम्पनीमा कार्यरत कर्मचारीले बताए … Read more

डुमरवाना दुग्ध उत्पादक सहकारीको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पन्डित चयन

बारा, मंसिर १५ गते । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाको अधिवेशन सहितको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रहेको डुमरवाना बहुमुखी क्याम्पसमा संस्थाको अधिवेशन सहितको साधारणसभा सम्पन्न भएको हो । डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष टिकाराम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको २८औं साधारणसभाको … Read more

विरगञ्ज, कलैया र जीतपुरसिमरा भित्रका निजि विद्यालयहरुले १० प्रतिशतलाई छात्रवृत्ति दिन उच्चको आदेश

बारा, मंसिर ११ गते । विरगञ्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुले भर्नाको कुल संख्याको १० प्रतिशतलाई छात्रवृत्ति दिन अदालतले आदेश दिएको छ । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जले यसतो फैसला सुनाएको हो । संघिय शिक्षा ऐन २०२८ को दफा १६ (ञ) तथा शिक्षा नियमावली २०५९ को नियम १५१ को अनुसार … Read more

बाराको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ

बारा, कार्तिक २३ गते । बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित पाँच जना पक्राउ  परेका छन् । जिल्लाको सिम्रौनगढ नगरपालिका-११ भगवानपुर गाउँबाट५ जना हतियारधारी समूहलाई सिम्रौनगढको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ परेका पाँच जनाको साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरीनिरीक्षक रविभूषण यादवले बताउनु भयो । पक्राउँ पर्नेमा बारा सिम्रोनगढ नगरपालिका . वडा नं.११ भगवानपुर बस्ने बर्ष ४० को उपेन्द्र पटेल ,बर्ष २७ को धिरेन्द्र पटेल,बर्ष ६२ कोरुपलाल पटेल ,जिल्ला रौतहट बौधीमाई नगरपालिका वडा नं.२ बस्ने .बर्ष ४४ को राजमंगल पटेल र बर्ष ८० को सोभा राउत रहेकोजिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।बिशेष सुचनाको आधारमा गएकोप्रहरीको टोलीले उपेन्द्र पटेलको घरबाट सो परिमाणको हातहतियार लुकाईपछपाई राखेको अवस्थामा बरामद गरेको थियो ।