बारामा दुई बालबालिकालाई बोरामा राखेर भारत लैजादै गरेको अवस्थामा एक भारतीय पक्राउ

बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र … Read more

जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटर भाडामा

बारा, श्रावन २५ गते  । बाराको जीतपुरसिमरा भित्र अवैध तरिकाले सरकारी सटरहरु भाडामा लागेका छन् । उपमहानगरपालिका संग सस्तोमा सटर लिएर तेस्रो व्यक्तिलाई महंगोमा सटर भाडामा दिएको पाइएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा उपमहानगरपालिकाको अधिनमा रहेको १३४ वडा सटर मध्ये अधिकांश सटरहरु अवैध तरिकाले तेस्रो व्यक्तिलाई दिइएको छ । जीतपुरसिमरा उपमहानगरका अनुसार … Read more

नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटी गठन, अध्यक्षमा मनोज साह चयन

बारा, श्रावण १९ गते । नेपाल सितोरियो कराँतेको जीतपुरसिमरा नगर कमिटि गठन भएको छ । मनोज कुमार साहको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी गठन भएको हो । शुक्रबार बाराको जीतपुरमा बारा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक सुनिलकुमार साहको अध्यक्षतामा बसेको बैठक जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय नगर कमिटी गठन गरिएको हो । बैठकले नगरको अध्यक्षमा मनोज कुमार … Read more

चितवनको माडीमा घाँघर खोला तर्दै गरेको बस बाढीले डुबायो, यात्रु सकुशल

चितवन,साउन १०- चितवन माडीको घाँघर खोला तर्दै गरेको बस बाढीमा डुबेको छ । माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै गरेको ना ४ ख १९४७ नम्बरको बसलाई आज बाढीले डुबाएको हो । ठोरीतिरबाट बसन्तपुर माडीतिर आउँदै गरेका बेला बस खोलामा फसेको थियो । बसमा चालकसहित ३ जना थिए । उनीहरु सबै … Read more

बाराः घरायसी विवाद हुदा मियाँले गरे श्रीमतीको घाँटी रेटी हत्या

बारा, श्रावन १० गते । बाराको सिम्रौनगढमा एक व्यक्तिले घरायसी विवादका कारण आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारतको विहारको पूर्व चम्पारण चिरैया थानाअन्तर्गत पर्ने रूपौलिया गाउँका २७ वर्षीय अमुरूल मियाँले सिम्रौनगढ – ६ निवासी श्रीमती २२ वर्षीय आस्मिन खातुनको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका हुन् । मियाँ र खातुन बिच लामो समयदेखि घरायसी … Read more

बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदो

 ५ श्रावण, बारा बारामा प्रहरी ज्यादती विरुद्ध आन्दोलन चर्किंदै गएको छ । जिल्लाको सदरमुकाम कलैयामा शुक्रबार भएको सर्वदलिय विरोध प्रर्दशनमाहजारौं सर्वसाधारणले सहभागिता जनाएका छन् । बारा प्रहरीले गत मंगलबार साँझ समाजसेवी एवं नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादवलाई घण्टौं नियन्त्रणमा राखेरअमानविय तवरले शारीरिक तथा मनसिक यातना दिएको विरोधमा प्रर्दशन भएको हो । यादव र नेकपा … Read more

बाराको जीतपुरमा खुलेयाम म्याद सकेका औषधी बेचिदै

श्रावन ५ गते । बारामा खुलेयाम तरिकाले म्याद सकेका औषधी बेचिदै छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा म्याद सकेको औषधी बेचिएको पाइएको हो । जीतपुरस्थित रहेको जीतपुर पोलि क्लिनिकमा सेवाग्राहीलाई म्याद सकेको औषधी दिएपछि यो कुुरा बिहिरिएको हो । जीतपुरका एक जना ग्राहकले सो औषधी पसलमा मुभ नामक मल्हम किन्न जादा २ … Read more

काठमाडौँमा भाद्र १५ गते देखी ईभी एक्स्पो सुरू हुने

काठमाण्डौ, श्रावण १ गते । इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मीडिया स्पेस सोलुसनस तथा फ्युचरएक् ट्रेड फेर एण्ड इवेंट्स को सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल ईभी एक्स्पो सुरू हुने भएको छ । नेपालमा विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना हुन गइरहेको … Read more

जीतपुर स्कुलमा छात्रवृति रकम वितरण

बारा, असार २८ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा रहेको श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयले विद्यार्थीहरूलाई छात्रवृति रकम वितरण गरेको छ । श्री फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु सिंहका अनुसार कक्षा १ देखि ८ सम्म पढ्ने ५२७ जना छात्राहरू र दलित छात्रहरूको लागि रू ४०० को दरले आएको छात्रवृति रकम … Read more

जीतपुरसिमरा: अवकाशप्राप्त तथा बढुवा भएका शिक्षकहरूलाई सम्मान

बारा, असार २७ गते । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षकहरूलाई सम्मान गरेको छ । उपमहानगरले शिक्षण क्षेत्रबाट अवकाश प्राप्त भएका तथा वढुवा भएका शिक्षकहरूलाई सम्मान गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले बुधबार एक कार्यक्रमकाबिच २०७९/८० मा अवकाश भएका तथा वढुवा भएका शिक्षकलाई सम्मान गरेको हो । शिक्षकहरूको मनोबल बढाउन उपमहानगरले सम्मान … Read more