बारा, पर्सासहित तराईका अन्य जिल्लाहरुमा चल्यो तातो हावा ‘लु’

बारा, जेष्ठ २१ गते । मध्य तराईका जिल्लाहरुमा तातो हावा (लु) चलिरहेको छ । मध्य तराईका जिल्लाहरु नवलपरासी, रुपन्देही, चितवन, बारा, पर्सा, सप्तरी, सिराहा, सर्लाही, महोतरी, जनकपुर लगायतका हावा ‘लु’ चलिरहेको मौसमवीद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमवीद् गोविन्द झाले मध्य तराईका जिल्लाहरुमा अहिले तातो हावा ‘लु’ चलिरहेको र अझै २ दिन चल्ने बताएका … Read more

भोलीबाट सिमरामा प्रदेश स्तरीय कराँते प्रतियोगिता सुरु

बारा, जेष्ठ १८ गते । बाराको सिमरामा मधेस प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डोजाङले विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै जेठ १९ र २० गते प्रतियोगिता हुन लागेको जानकारी गराएको हो । आयोजकका अनुसार प्रतियोगितामा प्रदेशको आठ जिल्लाका एक सय ६० खेलाडीले सहभागिता जनाउनेछन् । दुई दिनसम्म आयोजना हुने प्रतियोगितामा … Read more

अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २० गते सम्मका लागि बन्द

बारा, जेष्ठ १७ गते । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको छ । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २० गते सम्म सम्पुर्ण विद्यालय बन्द गर्ने निर्देशन दिएको हो । अत्याधिक गर्मी बढेको कारण विद्यार्थीहरु कक्षा कोठामै बेहोस हुने थालेको गुनासो आएपछि बर्खे विदामा समायोजन हुनेगरि उपमहानगरले … Read more

जीतपुरसिमरामा अघोषित लोडसेडिङ, पटकपटक विद्युत् काटिँदा नागरिकलाई सास्ती

बारा, जेष्ठ १७ गते । जीतपुरसिमरामा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि नागरिकले सास्ती झेल्नु परेको छ । पूर्वसूचना र तालिका बिना लोडसेडिङ हुन थालेपछि व्यवसायीसँगै सर्वसाधारण नागरिकले सास्ती झेल्नु परेको हो । विधुत् आउने र जाने हुदा विद्युतीय सामग्रीहरु बिग्रने सम्भावना पनि बढ्दै गएको छ । जीतपुरसिमरा सहति बारा र पर्सा जिल्ला भर पछिल्लो केही … Read more

बाराको जीतपुरमा खुल्यो “सम्राट होटल एण्ड पार्टी प्यालेस”

बारा, जेष्ठ १५ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा सम्राट होटेल एण्ड पार्टी प्यालेस संचालनमा आएको छ । बारा क्षेत्र नं. ४ (१) का प्रदेश सभा सदस्य देवनारायण चौधरी र बारा क्षेत्र नं. ४ (२) का प्रदेश सभा सदस्य जितेन्द्र सोनाल सगं संयुक्त रुपमा रिबन काटाएर सम्राट होटेल एण्ड पार्टी प्यालेसको उद्घाटन … Read more

भारतले १७ अर्ब लागतमा चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बनाइदिने

काठमाडौं, जेठ १२– भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो। नेपाल आयल निगम (एनओसी) र इन्डियन आयल कर्पोरेसन … Read more

बारामा अवैध लागूऔषध सहित चितवनका तामाङ पक्राउ

बारा, जेष्ठ ११ गते । बारामा अवैध लागू औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विश्रामपुर गाउँपालिका-३ मुसहर्वाबाट प्रहरीले लागुऔषध NITRAVET-10 सहति एक जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलीले पैदल यात्री र सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री चितवन भरतपुर-१२ का पुष्पराज तामाङका छोरा … Read more

आईपिएलमा अनलाईन सट्टाबाजी गर्ने ४ जना रंगेहात पक्राउ

बीरगन्ज,११ जेठ – जिल्ला प्रहरी कार्यालय पर्साले भारतमा भइरहेको आईपिएल क्रिकेट म्याचमा सट्टाबाजी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको छ । पर्साको बीरगन्ज महानगरपालिका वडा नं. १५ स्थित संजय श्रीवास्तवको तीन तल्ले घरको माथिल्लो तल्लामा अनलाईन मार्फत सट्टाबाजी तथा जुवा हुने गरेको सूचनाको अधारमा पुगेको प्रहरी टोलीले उनीहरुलाई बुधवार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा … Read more

माडीका दुई खेलाडी प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा जिते प्रथम र द्वितीय पुरस्कार

हेटौँडा, जेष्ठ १० गत । वाग्मति प्रदेशको राजधानी हेटौँडामा सञ्चालित बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोश्रो दिनको खेलमा चितवन जिल्लाकोमाडी नगरपालिकाका दुई खेलाडी ललित राउत प्रथम र करुणा बोट द्वितीय भएका छन् । राउत सर्टपुटमा प्रथम र बोट हाइजम्पमाद्वितीय भएका भएका हुन् । वाग्मति खेलकुद विकास परिषद्को आयोजनामा भएको दोश्रो दिनका खेलमा माडी–६, कल्याणपुरका एथलेटिक्स … Read more

बाघको आक्रमणबाट जीतपुरसिमरामा एक महिला घाईते

बारा, जेष्ठ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित रहेको हलखोरिया साझेदारी बनमा बाघले महिला माथि आक्रमण गरेको हो । जितपुरसिमरा–१४ को वोरिङ टोल बस्ने राम बहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी बनमा दाउरा काटीरहेको समयमा अचानक जङगली बाघ … Read more