जीतपुरसिमरामा रहेको अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दै, निकाय मुखदर्शक

बारा, असार ४ गते । अशोक स्टिलले अत्याधिक प्रदुषण फाल्दा पनि सम्बन्धित निकाय जिल्ला समन्वय समिति र नगरपालिका मुखदर्शक बनेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ मा रहेको अशोक स्टिल ईण्डस्ट्रिजले अत्याधिक प्रदुषण फालिरहेको छ । अशोक स्टिल ईण्डस्ट्रिजले वायुप्रदुषण संगै ईण्डस्ट्रिको आसपासका नदि र पैनिहरूमा समेत प्रदुषण फाल्ने गरेको छ । ईण्डस्ट्रिमा फलाम गलाउन एसिडजन्य … Read more

जीतपुरको सडकमै केमिकलको ड्रम सफा गर्दा केमिकलको कारण स्थानियको स्वास्थ्यमा समस्या

बारा, जेष्ठ ३२ गते । बाराको जीतपुरमा सडकमै केमिकलको ड्रम सफा गर्दा स्थानियहरुमा केमिकलको कारण स्वास्थ्यमा समस्या देखिन थालेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको केराढोकामा रहेको ड्रम सफा गर्ने पसलहरुले सडकमै ड्रम सफा गर्दा ड्रमबाट निस्कने केमिकल सडकमै फाल्दा सडकमा हिड्ने स्थानियहरुको स्थास्थ्यमा समस्या देखिन थालेको हो । केराढोका स्थित रहेकको ड्रमको … Read more

प्रेस सेन्टर नेपाल बाराद्वारा नगर प्रमुख पौडेललाई ध्यानाकर्षण पत्र

बारा, जेठ ३१ गते । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती बाराले आज जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ औँ  साधारणसभाको निणर्यअनुसार जिल्ला समन्वय शाखाले स्थानीय तहको नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयमा ध्यानकार्षण पत्र बुझाउँने कार्यक्रम … Read more

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं,जेठ २८- सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा … Read more

अशोक स्टिलमा सिलिन्डर पड्किदा कामदारको मृत्यु, एक हप्ता सम्म घट्ना लुकाइयो!

बारा, जेष्ठ २८ गते । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा एक जना कामदारको मृत्यु भएको छ । पथलैया विरगञ्ज औद्योगीक करिडोरको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अशोक स्टिलमा सिलिन्डर पड्किदा एक जनाको ज्यान गएको हो । अशोक स्टिलमा भट्टीको ग्यास सिलिन्डर पड्किदा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० का जितेन्द्र चौधरीको मृत्यु भएको … Read more

विदेश पठाईदिन्छु भन्दै सर्वसधारण संग करोडौ ठगी गर्ने बाराका बिजय कुमार पक्राउ

बारा, जेष्ठ २५ गते । विदेश पठाई दिन्छु भन्दै करोडौ ठगी गर्ने एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बाराको बारागढि गाँउपालिका १ का बिजय कुमारलाई १ करोड १० लाख ८७ हजार रुपैयाँ ठगी गरेको अभियोग पक्राउ गरेको हो । पिडितहरुले जिल्ला प्रशासन कार्यालय बारामा ठगी गर्ने विजयलाई कारवाही गरि पाउँ भनि दिएको … Read more

प्रदेश स्तरीय बजेटबाट बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलान र ग्याबिङको शिलान्यास

बारा जेष्ठ २४ गते । बाराको अमलेखगन्जमा मेसिनरी वाल, सडक ढलानको सिल्यान्यास भएको छ । बारा क्षेत्र ४(१) मधेस प्रदेश सभा सदस्य देवनारायणचौधरीको निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गतको जितपुरसिमरा उपमहानगरपालिका वडा न.२२ को ड्राइभर डाडामा मेसिनरी वाल रसडक ढलानको शिल्यान्यास भएको हो । प्रदेशसभाका सदस्य देवनारायण चौधरिले सडकको शिलान्यास गर्दै क्षेत्र विकास कार्यक्रमबाट ८ लाख … Read more

मिलोमतोमा बकैया खोलामा उत्खनन, अनुगमन गर्ने निकाय मौन

जेष्ठ २४ गते । बाराको बकैया खोलामा जथाभावी दोहन हुदा पनि अनुगमन गर्ने मौन बसेको छ । बाराको कोल्हवी नगरपालिकाले लगाएको नदीजन्य पदार्थको ठेकदारले बकैया नदिमा जथाभावी दोहन गरिरहेको छ । अनुगमन गर्ने निकाय जिल्ला समन्वय समिति, प्रहरी, प्रशासन, वन र स्थानीय निकाय मौन बसेपछि खोलामा जथाभावी दोहन बढेको हो । नदि खोलामा अनुगमन नहुदा … Read more

बिदा थपः जीतपुरसिमरा भित्रका सम्पुर्ण विद्यालय जेष्ठ २६ गते सम्मका लागि बन्द रहने

बारा, जेष्ठ २३ गते । गर्मी नघटेपछी जीतपुरसिमरा उपमहानगरपालिकाले निजी तथा सामुदायिक विधालयलाई दिएको बिदामा तिन दिन थप गरेको छ । विधालय अब जेठ २७ गते खुल्नेछ । अत्याधिक गर्मी बढेपछी जीतपुरसिमरा उपमहानगरले आफ्नो उपमहानगर भित्रका सम्पुर्ण विद्यालय बन्द गर्न जेष्ठ १८ गते निर्देशन दिएको थियो । उपमहानगरले जेष्ठ १८ गते देखी जेष्ठ २३ गते … Read more

विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालद्वारा वृक्षारोपण

बारा, जेष्ठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सुर्य नेपालले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । सुर्य नेपाल प्रा.ली सिमराले जीतपुरसिमराको ललका पुल देखि छातापिपराको गढिमाई सम्म वृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नि.कार्यसमितिको पहलमा सुर्य नेपालले ललका पुल देखि गढिमाई मन्दिर सम्म ७४६ विरूवा रोपेको छ … Read more