भ्रमण वर्षको उद्घाटनका लागि प्रचण्डसहित पाँच पूर्वप्रधानमन्त्री चितवन आउँदै

चितवन, फागुन १७- भरतपुर महानगरपालिकाको आयोजनामा ‘घुमौँ भरतपुर’ भन्ने नारासहित हुन लागेको भरतपुर भ्रमण वर्ष २०२४ को भोलि औपचारीक रुपमा उद्घाटन गरिँदै छ । नारायणी नदी किनारमा भव्य कार्यक्रम गरेर उद्घाटन हुने भ्रमण वर्ष २०२४ को उद्घाटनको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै चितवन आउँदै छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी हुने … Read more

सङ्घीयता कार्यान्वयन उच्च प्राथमिकतामाः प्रधानमन्त्री

काठमाडौँ, फागुन १६- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले विगत चार वर्षदेखि बस्न नसकेको सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐनबमोजिम गठित राष्ट्रिय समन्वय परिषद्को बैठक यसै वर्ष दुईपटक बसी सङ्घीयताको कार्यान्वयनका सम्बन्धमा विभिन्न निर्णयहरू … Read more

नारायणगढ–मुग्लिन सडक भोलिदेखि २४ सै घण्टा सञ्चालन हुने

चितवन, फागुन १२- नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएकोमा भोलि (आइतवार)देखि २४ सै घण्टा सडक आवागमन खुला हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जानकारी दिएको छ । पहाड काट्नका लागि तेस्रो पटक थपेको … Read more

आजको मौसमः काेशी, मधेस र बाग्मती प्रदेश लगायतमा हल्का बर्षा हुने

काठमाडौं, १० फागुन । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको … Read more

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, ९ फागुन । हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको अवस्था छ … Read more

आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुन सक्ने

काठमाडौं, ८ फागुन । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, … Read more

बालअधिकारको प्रत्याभूति बिना नयाँ विश्व सम्भाव छैनः अधिकारकर्मी

फागुन, ६, काठमाडौं । बालअधिकारको प्रत्याभूतिबिना ‘नयाँविश्व’ सम्भावना भएको अधिकारकर्मीहरूले बताएका छन् । स्वतन्त्रताका लागि उठौं, नयाँ विश्व बनाउँ भन्ने नारासहित काठमाडौमा आयोजित विश्व सामाजिकमञ्चको आइतबार भएको ग्लोबल एसेम्बली अन चाइल्ड राइट्स कार्यक्रममाबोल्दै अधिकारकर्मीहरूले यस्तो धारणा राखेका हुन् । कन्सोर्टियम नेपालको संयोजनमाभएको उक्त सत्रमाबोल्दै विभिन्न बक्ताहरूले बालविवाह, भोकमरी, युद्ध, आप्रवासन, बेचबिखन, बाढीपहिरो, यौन व्यवसाय लगायतका … Read more

डिजेल र पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँँ बढ्यो(नयाँ मुल्य सहित)

काठमाडौँ, फागुन ४– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाएको हो। निगमका अनुसार खाना पकाउन प्रयोग हुने एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखिएको छ।

कपिलवस्तु बस दुर्घटना अपडेटः दश जना मृतकको सनाखत

कपिलवस्तु, ३ फाल्गुन । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरि वलीका अनुसार सनाखत भएका मृतकमा रौतहट औराही ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, नेपाली सेना कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी र भारत उत्तरप्रदेश … Read more

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु

कपिलवस्तु,फागुन ३- कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कम्तीमा ३० जना घाइते भएका छन्। मृतकहरूको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। उनका अनुसार कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु-प -प्र-०२-a००१ ख ००९८ नम्बरको बस बाटोबाट २०० मिटर तल खसेको … Read more