बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ, असोज १७- बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । बझाङमा भूकम्पबाट ११ जना घाइते … Read more

४ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं, असोज ११- दोलखाको विगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो सुनसहित ३ जनालाई पक्राउ गरेको छ। चीनबाट अवैध रूपमा ल्याएको चार किलो सुनसहित ३ जनालाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (एआइजी) किरण राणाले जानकारी दिइन्। उनले भनिन्, ‘बुधबार राति करिब १० बजेतिर इलाका प्रहरी कार्यालय सिंगटीले ४ केजी सुनसहित ३ … Read more

नयाँ नोट वितरण गर्ने तयारी, एकजनाले १८ हजार ५०० सम्म साट्न पाउने

काठमाडौं, असोज ९- नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले दशैं(तिहारमा दक्षिणा र पूजाका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । हाल नयाँ … Read more

राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा छ सय ७० जना कैदीको माफी मिनाहा

काठमाडौँ, असोज २- राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वोच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गर्नुभएको राष्ट्रपतिको … Read more

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, भदौ २६- सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ । संविधान निर्माण प्रक्रियामा उहाँले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति … Read more

केही दिनभित्र सुन काण्ड निष्कर्षमा पुग्छ, तस्करलाई कठघरामा उभ्याउँछौं: गृहमन्त्री श्रेष्ठ

चितवन, भदौं २०- गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानमा रहेको पछिल्लो सुन काण्ड केही दिनभित्र निष्कर्षमा पुग्ने बताएका छन् । माडी एफएमको १३ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले यस विषयमा नेपाल प्रहरी र सीआईबीले अनुसन्धान गरिरहेको बताएका हुन् । गृहमन्त्री श्रेष्ठले भ्रष्टचार नियन्त्रणमा लाग्दा सरकार र गृहमन्त्री टिक्छ भन्ने चिन्ता र चासो आमसमुदायमा रहेको बताए । उनले … Read more

सरकारले जग्गा दिए महानगरले रंगशाला बनाउन पहल गर्छ: बालेन

काठमाडौं,भदौ १९- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने बताएका छन् । एसिया कप क्रिकेटमा नेपाल र भारतको खेल हेर्न श्रीलंका पुगेकका बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ … Read more

नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गर्‍यो एमसीसीविरुद्ध आन्दोलनको घोषणा

काठमान्डौ, भाद्र १५ गते । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ। आज बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९–२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा हो। नेकपाले नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ। यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान गरिने नेकपाका नेता … Read more

घट्यो सुनचाँदीको मूल्य

काठमान्डौँ, भाद्र १५ गते । आज सताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ प्रतितोला १० रुपैयाँले घटेको हो । छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने, तेजाबी … Read more

नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

काठमाडौं, भदौ १४- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित गरेका छन्। उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन्। सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई … Read more