सन्दीपको मुद्दामा फैसलाका लागि तोकिएको पेशी जाहेरवालाद्वारा स्थगित

काठमाडौं, माघ २३- सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणी सम्बन्धी मुद्दामा सोमबार काठमाडौं जिल्ला अदालतमा फैसलाका लागि पेशी तोकिए पनि जाहेरवालाका कानुन व्यवसायीले स्थगित गराएका छन्। जाहेरवालाको तर्फबाट शान्ति रिसालले पेशी स्थगित गराएकी हुन्। न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासमा पेशी तोकिएको थियो। यसअघि माधवप्रसाद पौडेलले थुनछेक आदेश गरेका थिए।

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

बारा, माघ २३ गते । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार … Read more

आज चार बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, माघ २३- मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ, माघ २२- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी … Read more

चितवनका तरकारी किसानले भोगेका समस्या समाधान गरी काम गर्छुः कृषि मन्त्री साह

चितवन, माघ २१- कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले चितवनका किसानहरूले उठाएका मागहरुलाई सम्बोधन गर्न प्रयास गर्ने बताएकी छन्। उनले तरकारी किसानले भोगेका समस्या समाधान गरी किसानलाई राहत हुनेगरी काम गर्ने बताइन्। शनिबार भरतपुरमा राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादन कृषक समाजको अधिवेशनमा बोल्दै मन्त्री साहले दूध, माछा, तरकारी किसानहरूका समस्या समाधान गर्ने विषयलाई … Read more

नेता घनश्याम भूसाल गाडी चलाउँदा चलाउँदै बेहोस भएपछि अस्पताल भर्ना

काठमाडौं, माघ २०- नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल अस्वस्थ्य भएपछि अस्पताल भर्ना भएका छन् । आफैं गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेका भूसाल बानेश्वरमा बेहोस भएका थिए । त्यसपछि भूसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक विदेशी नागरिक पक्राउ

काठमाडौं, माघ १९– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद … Read more

इन्धनकाे भाउ फेरी बढयाे

काठमाडौं,१८ माघ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ १ पैसा, डिजेल ७ रुपैयाँ ९८ पैसा, मट्टितेल ४ रुपैयाँ ६१ पैसा तथा हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको निगम स्रोतले … Read more

क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन दिएका लामिछानेले नेपालभित्र क्रिकेट खेल्न पाउने

काठमाडौँ, माघ १८- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। एक बोर्ड सदस्यका अनुसरा क्यानले कानुन व्यवसायीसँग परामर्श गरेर लामिछानेको निलम्बन फुकुवा गरेको हो । निलम्बन फुकुवा भएपनि उनी तत्काल राष्ट्रिय टिममा नपर्ने ती सदस्यले बताए। लामिछानेले क्रिकेट खेल्न पाउँ भन्दै क्यानमा निवेदन … Read more

पत्रकारको स्वास्थ्य दुर्घटना बीमाको व्यवस्था गरिनेछ: प्रधानमन्त्री

काठमाडौँ, माघ १७- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । ‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको … Read more