‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

काठमाडौं, पुस १६- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ । सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ । काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै उपमहासचिव एवं प्रचार … Read more

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज हुदै

पोखरा,१७ पुस – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज आइतबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटनका दिन आज हिमालय एयरलाइन्सले ‘डेमो’ उडान गर्नेछ । तर, अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । खुसियालीमा आज … Read more

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

पोखरा, पुस १५- देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्नुहुनेछ । शुभारम्भ समारोहमा उपप्रधान तथा … Read more

सरुवा-बढुवाका लागि नेताको घर पुगेको थाहा पाए कारबाही गर्छुः गृहमन्त्री रवि लामिछानेले

काठमाडौं, पुस १५-  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए । गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका … Read more

सुरक्षा निकायका पदाधिकारीलाई दलका नेतासँग आफूखुसी भेट्न रोक लगाउने निर्णय

काठमाडौँ, पुस १४- गृह मन्त्रालयले सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने निर्देशन जारी गरेको छ । मन्त्रालयले आज एक विज्ञप्तिमार्फत त्यस्तो भेटघाट गर्दा विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउन हुन तथा सोको प्रभावकारी कार्यान्वय तथा अनुगमन सम्बन्धित सङ्गठन प्रमुखले मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले … Read more

ज्योतिषीलाई साइत हेराएर आजै साँझ बालुवाटार सर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, पुस १३– प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजै साझ सरकारी निवासी बालुवाटार सर्ने भएका छन् । ज्योतिषीलाई साइत हेराएर बेलुकी ५ बजे बालुवाटार प्रवेश गर्ने प्रचण्डको सचिवालय स्रोतले बतायो । स्रोतका अनुसार प्रचण्ड बालुवाटारकै ज्योतिष टीकाराम घिमिरेसँग साइत हेराएर सर्न लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उनीसँग साइत हेराएर … Read more

सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नियुक्त

काठमाडौँ, पुस ११ गते । नेपाल सरकारको प्रवक्तामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गरिएको छ । नवगठित मन्त्रिपरिषद्को बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो । आज सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले सपथपछि सिंहदरबार पुगेर पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद्कोबैठकले रवि लामिछानेलाई नेपाल सरकारको प्रवक्तामा नियुक्त गरेको हो ।  नयाँ … Read more

बाराबाट निर्वाचित सांसद ज्वाला साह बनिन् मन्त्री

एस.एस पटेल, बारा । पुस ११ गते । बारा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह मन्त्री पदमा न्युक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्प कमल दाहालको नेतृत्वमा गठन भएको सरकारले ज्वालाकुमारी साहलाई मन्त्रीमा न्युक्त गरेको हो । हिजो सोमबार नेकपा एमाले, मओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, राष्ट्रिय उन्मुक्ति पार्टी … Read more

शीतल निवासमा प्रधानमन्त्री प्रचण्डसहित ८ मन्त्रीको शपथ

काठमाडौँ, पुस ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु … Read more

उपप्रधानमन्त्रीमा पौडेल, श्रेष्ठ र लामिछाने, आजै शपथ लिने

काठमाडौं, पुस ११ गते । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै ३ जना उपप्रधानमन्त्रीहरुले शपथ लिने भएका छन् ।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शपथ लिने भएका हुन् । सोमबार संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकले तीन जनालाई उपप्रधानमन्त्री बनाउने सहमति गरेको थियो । अध्यक्ष … Read more