बाराको जीतपुरबाट दुई किलो युरेनियम सहित तीन जना पक्राउ

बारा, पुस १० गते । बारामा दुइ किलोग्राम युरेनियम सहित तिन जना पक्राउ परेका छन् । जिल्लको पथलैया–बिरगंज सडकखण्ड अन्तर्गत जीतपुरसिमराउपमहानगरपालका वडा नम्बर ७ स्थित एक होटेलबाट दुई किलो युरेनियमसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल र नेपाल ईन्टेलिजेन्स ब्युरोको विशेष सुचनाका आधारमा सशस्त्र प्रहरी बल १२ नम्बर गण हेक्वा मातहत … Read more

आज सुनको भाउ १ हजार २ सय रुपैयाँले घट्यो

बारा, पुष ८ गते । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार २ सय रुपैयाँले ओरालो लागेको छ । हिजो प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ३ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको … Read more

हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

मकवानपुर, पुस ८- करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको … Read more

देउवालाई एमाले नेता बाँस्कोटाको आग्रह- प्रधानमन्त्रीका लागि प्रचण्डलाई छोडिदिनुस्

काठमाडौं पुस ८ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेपछि राजनीतिक दलका नेताहरू निरन्तर छलफलमा छन् । सत्तारुढ गठबन्धन आवद्ध दलहरू औपचारिक तथा अनौपचारिक रुपमा सरकार गठनका विषयमा छलफल गरिरहेका छन् । गत आइतबार राष्ट्रपति भण्डारीले १० पुस साँझ ५ बजेभित्र प्रधानमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेकी छन् । जसपा र नागरिक … Read more

अन्तिम मतपरिणाम सार्वजनिक भएको ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको आग्रह

काठमाडौँ, पुस ६– निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो । आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ … Read more

राप्रपाको संसदीय दलको नेतामा राजेन्द्र लिङ्देन चयन

बारा, पुष ५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।

२४ घण्टामा थपिए कोरोनाका ६ संक्रमित

बारा, पुष ५ गते । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

चितवन,पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, … Read more

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

काठमाडौँ, पुस ४- जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक … Read more

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं, पुस ५- नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए । उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने … Read more