सप्तकोसी मात्र होइन, अन्य दर्जनौँ नदी पनि धार परिवर्तन गर्दै

काठमाडौं । सप्तकोसीले बुधबार बिहान धार परिवर्तन गरेपछि उदयपुरको बेलका नगरपालिकाका एक हजारभन्दा बढी घर डुबानमा परेका छन् तर यो कोसीको मात्र समस्या होइन। नेपालका अन्य ठूला साना नदीमा पनि धार परिवर्तनको समस्या रहेको छ। मध्य नेपाल भएर बग्ने नारायणी नदीले पनि बेलाबेलामा बहाव फेर्न बल गरिरहन्छ। गत वर्ष चितवनको सिसवार पोस्टबाट नारायणीले बहाव फेर्न खोजेको … Read more

२३ घण्टा पछि खुल्यो नारायणगढ–मुग्लिन सडक खण्ड

चितवन, साउन १७– करिव २३ घण्टापछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ । राति ९ः५० बजेको समयमा यस सडक खण्ड दुईतर्फी संचालनमा ल्याईएको हो । भरतपुर महानगरपालिका–२९, मौरीखोलामा सोमबार राति ११ बजे पहिरो खसेपछि यस सडक खण्ड अवरुद्ध भएको थियो । आज पहिरो हटाउने क्रममा दिउँसो पुनः पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा ढिलाई एको … Read more

म्याग्दीमा आएको पहिरोमा ५ को मृत्यु, २ जना घाइते

म्याग्दी । मंगलबार बिहान आएको पहिरोले घर बगाउँदा म्याग्दीका एकै परिवारका पाँच जनाको ज्यान गएको छ । म्याग्दी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक राजन ढकालका अनुसार जिल्लाको मालिका गाउँपालिका–२ रुममा पहिरोले घर बगाउँदा ३८ वर्षीय घाम बहादुर विकसहित उनको परिवारका ५ जनाको मृत्यु भएको हो । प्रहरी टोली भर्खरै घटनास्थल पुगेको प्रवक्ता ढकालले जानकारी दिएका … Read more

नारायणगढबाट धादिङ जाँदै गरेको माइक्रो बस त्रिशुली नदीमा खस्यो

चितवन, साउन १६– चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना भएको छ । दुर्घटनामा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । आज दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको … Read more

काभ्रेस्थलीमा एकै परिवारका चार जनाको विभत्स हत्या

काठमाडौं, साउन १६ तारकेश्वर नगरपालिका-२ स्थित काभ्रेस्थलीमा आज बिहान एकै परिवारका चारजनाको विभत्स हत्या भएको छ । प्रहरीका अनुसार गोरखा भीमसेन गाउँपालिका-६ स्थायी घर भइ हाल काभ्रेस्थलीमा बस्दै आएका श्रीमान,श्रीमती र दुई छोराछोरी गरी चार जनाको मुत्यु भएको हो । मृत्यु हुनेमा ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीया छोरी … Read more

सी.जि कम्युनिकेशन विरुद्ध मुद्दा दायर, ईन्टरनेट नचल्दा ५ दिनको २ लाखभन्दा बढी क्षतिपुर्ती माग

वीरगञ्ज, १६ साउन । पर्सा जिल्लाका युवा हाल काठमान्डौ बस्दै आएका एक युवकले ईन्टरनेट नचल्दा काम नभएर नोक्सानी भएको क्षतिपुर्ती माग गर्दै काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ निवासी २२ वर्षीय जित यादव भन्ने जितेन्द्र यादवले इन्टरनेट सेवा प्रदायक कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका हुन् । कानुन संकायमा … Read more

प्रहरी हिसातमा रहेको महिलामाथी बलत्कारको प्रयास

बाँके,१६ साउन – प्रहरी हिसात मै महिला माथी बलत्कारको प्रयास भएको छ । घटना बाकेको हो । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय बाकेलाई सूचना प्राप्त भएपछि आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) प्रवीण चौलागाईंलाई निलम्बन गरिएको छ । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले असई चौलागाईंलाई निलम्बन गरिएको घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए । … Read more

नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवसँगै सो पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो। हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी … Read more

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री, चार ढोका खुला

काठमाडौँ, साउन १६ साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा … Read more

पहिरोले नारायणगढ-मुग्लिन सडक अबरुद्ध

चितवन, साउन १६- पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ४ बजे सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिनुभयो । चितवनमा … Read more