भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

२६ साउन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले बिहीबार अध्यक्ष केसीको शैक्षिक योग्यता नपुगेको भन्दै उहाँको नियुक्तिविरुद्ध रिट दर्ता भएको जानकारी दिनुभयो । साउन ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा केसीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रवक्ता पौडेलका अनुसार नरेश पौडेलसहित … Read more

कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, ८१५ संक्रमित थपिए

काठमाडौं,साउन २६- नेपालमा पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९८२ पुगेको छ। बिहीबार ४७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ हजार ८६९ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य … Read more

पाँच विशिष्टको तलब बढ्ने, कसको कति ?

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालिन सचिव लक्षमण अर्याल संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, संघीय प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको तलब बढाउन प्रस्ताव गरिएको छ । प्रतिवेदन अनुसार राष्ट्रपतिको तलब दुई लाख पचास हजार, उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको एक लाख … Read more

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मर्दा २ सय बढी वन्यजन्तुको उद्धार

चितवन, साउन २४ – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको … Read more

नागरिकता विद्येयक फिर्ता गर्न राष्ट्रपति भण्डारीलाई कार्यदलको आग्रह

काठमाडौं, साउन २२- नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसद्बाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र बुझाइएको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले नागरिकता … Read more

जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

२२ साउन, काठमाडौं । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ । जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो ।

हामी छिट्टै सिंहदरबारको यात्रा तय गर्छौंः रवि लामिछाने

दाङ, साउन २०- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकले भोगेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन्। दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगेका सबै समस्याहरू नै आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताएका हुन्। उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको … Read more

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, साउन २१- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ । यसअघि ७ दिनअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ रेक्टर … Read more

एमालेले हार्दा देश हार्छ र एमालेको जित भनेकै देशको जित हो: अध्यक्ष ओली

काठमाडौँ, साउन २०- नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नु पर्ने बताउनु भएकध छ । राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताउँदै उनले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । उनका अनुसार एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के … Read more

गठबन्धनले भदौ पहिलो साताभित्र निर्वाचन क्षेत्र भागबण्डा टुंग्याउने

काठमाडौँ, साउन २०- १६५ निर्वाचन क्षेत्रको भागबण्डा भदौको पहिलो साताभित्र मिलाउने सत्तारुढ पाँच दलीय गठबन्धनले बताएको छ । सरकारले मंसिर ४ गते निर्वाचन मिति घोषणा गरेपछि चुनावी तालमेल र भागबण्डाबारे छलफल गर्न आज बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको हो । सत्ता गठबन्धनमा रहेका दलहरुले सिट भागबण्डामा आआफ्नै प्रस्ताव अघि सारेका छन् । तर शुक्रबारको बैठकमा … Read more