एउटै सेयर २ जनालाई बेचेर साढे तीन करोड ठगी गर्ने अधिकारी पक्राउ

काठमाडौं , असार ४ – एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर दुई जनालाई बेचेर साढे तीन करोड रुपैयाँ ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने भक्तपुरको चाँगुनारायण नगरपालिका–८ का ७२ वर्षिय केशवप्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनले काठमाडौंको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको उजुरीको आधारमा प्रहरील पक्राउ गरेको … Read more

भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीको भनाइलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । … Read more

नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी

वीरगञ्ज, ३ असार । सरकारले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाउने तयारी गरेको छ। तर, नागरिकता विधेयकमा रहेका विवादित विषयमा भने सत्तारुढ दलभित्रै समझदारी बनेको छैन। नागरिकतासम्बन्धी विधेयकमा दलबीचमा रहेको मुख्य असमझदाीको विषय हो-वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी प्रावधान । यही विषयमा दलहरू एकमत नहुँदा २०७५ साउन २२ संसदमा आएको यो विधेयक अझै पारित हुन सकेको छैन। विधेयकमा … Read more

भक्तपुर केन्द्रबिन्दु भएर बिहानै भूकम्पको धक्का

काठमाडौं, जेठ २८- काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।

पहिरोका कारण अवरुद्ध नारायणगढ – मुग्लिन सडक खुल्यो

तनहुँ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ । गए राति ९ः५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको बस खोलामा खस्दा ९ जनाको मृत्यु

२२ जेठ, बुटवल । परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको  रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना भएको हो । आज आइतबार बिहान करिब ४:३० बजेको समयमा भएको दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएका थिए ।  घाइतेमध्ये … Read more

नेपालमा जेठको पहिलो हप्तासम्म २ खर्ब ५७ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, जेठ २० । नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झण्डै एक खर्ब बढी भएको बताए । प्रतिनिधिसभामा मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा सांसदहरुले … Read more

सीमा क्षेत्रमा बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार

सिरहा । सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ । प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए । उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेचबिखनका … Read more

तारा एयरको विमान दुर्घटना : चालक दलसहित सबै यात्रुको शव भेटियो

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु भएका सबै यात्रुको शव भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा रहेको चट्टानी पहरामा विमानका अवशेषहरु सँगै लासहरु यत्रतत्र छरिएर रहेको अवस्थामा भेटिएका हुन् । भेटिएका मध्ये आधा जति लासहरु पहराबाट उठाएर बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ भने अन्य लासहरु पनि झार्ने क्रम जारी … Read more

तारा एयरको विमान दुर्घटना: १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौं, जेठ १६- नेपाल नागरिक उड्यन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएकामध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने पहिचान हुन बाँकी छ । विमानमा सवार केही यात्रुको अझै शव फेला परेको छैन । नेपाली सेना, प्रहरी र स्थानीयवासी बिहानैदेखि उद्धार कार्यमा खटिएका छन् । प्राधिकरणले … Read more