कर्मचारीको तलब १५ प्रतिशतले बृद्धि

जेठ १५- सरकारले कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ । संघीय संसदमा आइतबार आर्थिक वर्ष २०७९–८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले तलब वृद्धिको घोषणा गरेका हुन् ।

आगामी वर्ष नेपालमा थप १० लाख पर्यटक भित्र्याइने

जेठ १५- सरकारले आगामी वर्ष थप १० लाख पर्यटक भित्र्याउँने जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा पेस गरेको बजेटमा सो संख्यामा पर्यटक भित्र्याउँन विशेष कार्यक्रमहरु सञ्चालन गरिने जनाइएको हो । सरकारले हरित पर्यटन तथा पर्यापर्यटन प्रवद्र्धन गरिने जनाएको छ । त्यसैगरी ग्रामीण जीवन, हिलस्टेशन निर्माणलगायत यस क्षेत्रको विकासको लागि पर्यटन क्षेत्रको लागि ९० … Read more

अलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गरिने

जेठ १५- सरकारले चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन निर्माण गर्ने भएको छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन बनाउने जानकारी दिएका हुन् । हाल भारतको रक्सौलदेखि अमलेखगञ्जसम्म पेट्रोलियम पाइप लाइन सञ्चालनमा छ … Read more

अब ६८ वर्षमा नै वृद्धा भत्ता, घट्यो उमेर हद

जेठ १५- सरकारले वृद्धा भत्ता पाउने उमेरहद घटाएर ६८ वर्ष बनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षदेखि वृद्धा भत्ता पाउने उमेर हद घटाएको घोषणा गरेका हुन् । हाल ७० वर्षमाथिका जेष्ठ नागरिकले पाउनेमा आगामी आर्थिक वर्षमा नै सामाजिक सुरक्षा भत्ता पाइने अर्थमन्त्री जनार्दन शर्माले बताए । भत्ता लिन नचाहने लाभग्राहीलाई सरकारले सम्मान गर्ने … Read more

भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले छुट्यायो बजेट

जेठ १५– सरकारले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बजेट पेश गर्दै रंगशालाका लागि बजेट विनियोजना गरिएको जानकारी दिएका हुन् । धुर्मुस सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशाला निर्माण कार्य अहिले बजेट अभावले रोकिएको छ ।

सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त

सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो ।  पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो । … Read more

हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

काठमाडौ,जेठ १५- नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड … Read more

सम्पर्कविहीन जहाजमा को को थिए ?

काठमाडौं । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी) जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर अझै पुग्न सकेको छैन । उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन प्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल … Read more

तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित

१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज … Read more

तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए … Read more