नवलपरासीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी, वैशाख २९- नवलपरासी बर्दघाट सुस्ता पश्चिमको रामग्राम नगरपालिका–१० नदुवाचोकमा बुधबार बेलुकी टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक रामग्राम नगरपालिका–६ पोखरापाली बस्ने ४० वर्षीय हरिद्धार यादव रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । नम्बर नखुलेको टिपरले लु ४९ प ५३६८ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी पौने ८ बजे ठक्कर … Read more

मतदानको दिन बिहान ६ बजेदेखि राती १२ बजेसम्म सवारी चलाउन नपाइने

पोखरा, बैशाख २९- कास्कीमा मतदानको दिन बिहान ६ बजेदेखि मात्रै गाडी बन्द हुने भएको छ । ७ बजेदेखि हुने मतदानका लागि १ घण्टा अघिदेखि गाडी सञ्चालनमा रोक लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । राती १२ बजेसम्म गाडी चल्न नपाउने सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए । प्रशासनले मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित … Read more

रूकुमपूर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या,माओवादीका तीन नेता पक्राउ

रुपन्देही, बैशाख २८- रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको छ । वैशाख २३ गते सो गाउँपालिका– ११ टक्सेरामा माओवादी कार्यकर्ताले एमाले–कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेपछि भएको थियो । झडपमा दुवै पक्षका आधा दर्जन घाइते भएका थिए । घरदैलोका क्रममा भएको भिडन्तपछि जुनमायालाई गायब बनाइएको थियो । अपहरणपछि खोजतलास गर्दा मंगलबार … Read more

कुरा हैन काम गरेर देखाउछु: जीतपुरसिमरा ७ का वडा अध्यक्ष उम्मेदवार मंसुर

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मुगले आजम मंसुरले कुरा गरेर हैन काम गरेर देखाउछु भनेर जनताको मन जित्दै हिनेका छन् । मंसुरले घरदैलो र र्यालीमा “यहाँ भाषण गर्ने धेरै छन् तर काम गर्न म आएको छु” मंसुरले भन्नू भयो । कांग्रेसले अहिले … Read more

भोलि रातिदेखि चीन र भारतसँग जोडिएका सीमा ७२ घण्टा बन्द

बैशाख २६, काठमाडौं । सरकारले चीन र भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मंगलबार रातिबाट ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो । मंगलबार मध्यरातदेखि मतदान हुने दिनको मध्यरातसम्म सीमा बन्द गर्ने निर्वाचन आयोगको निर्णयअनुसार सीमावर्ती जिल्लाका प्रशासन कार्यालयहरूलाई निर्देशन दिइसकिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए … Read more

बाराको जीतपुरमा भोली गठबन्धनको आमसभा हुँदै, सम्बोधनका लागि प्रचण्ड आउदै

जानकारी नेपाल, डेस्क । चुवनवी सभा सम्बोधनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचड भोलि बारा आउनुहुने भएको छ । ५ दलिय गठबन्धनको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको आमसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि बारा आउन लाग्नुभएको हो । जीतपुरमा हुने आमसभा भोलि दिउसो १२ बजेदेखि शुरु हुने नेकपा माओवादी केन्द्रका … Read more

जीतपुरसिमरा २३ मा शिर्ष नेताहरू सहित लोसपाको बृहत घरदैलो

जानकारी नेपाल, डेस्क । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा शिर्ष नेताहरूको सहभागीतामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । लोसपा नेपालका शिर्ष नेता एवम् पुर्व मन्त्री एकबाल मियाँ, पुर्व मन्त्री एवम् लोसपा नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतका शिर्ष नेताहरूको सहभागीतामा आज आईतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर २३ … Read more

वरिष्ठ नेताहरु संग कांग्रेसको जीतपुरसिमरा ७ मा घरदैलो र र्याली

जानकारी नेपाल, डेस्क । जील्लामै राम्रो नाम चलेका जीतपुरसिमरा उपमहानगरपालिकाका वरिष्ठ र र्शिष नेताहरुको सहभागितामा जीतपुरसिमरा ७ मा नेपाली कांग्रेसले घरदैलो र र्याली कार्यक्रम सम्पन्न गरेको छ । चुनावी प्रचारप्रसारका लागि नेपाली कांग्रेसले जीतपुरसिमराका वरिष्ठ नेपाली कांग्रेसका नेता कृष्णबतर सिंह, राजेश्वर गिरि, नेपाली कांग्रेस जीतपुरसिमराका नगर सभापती छविलाल शर्मा लगायतको नेताहरुको सहभागितामा जीतपुरसिमरा ७ मा … Read more

जीतपुरसिमरा १ मा एमालेको बृहत घरदैलो, सुकुम्बासीलाई लालपुर्जा वितरण पहिलो प्राथमिकतामा: हिरा बस्नेत

२४ बैशाख, सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ मा नेकपा एमालेले बृहत घरदैलो गरेको छ। सयौ वडावासीको उपस्थितिमा पथलैयामा रहेको धर्मेश्वोर महादेवको मन्दिरबाट आजको घरदैलो सुरु गरेको थियो। आजको घरदैलोमा पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल , ज्वाला साह , प्रदेश कमिटि सदस्य देव नारायण चौधरी , जिल्ला कमिटि सचिवालय सदस्य मनोज पौडेल, नेकपा एमालेका तर्फबाट … Read more

बारामा दुइ थान पेस्तोल सहित २ भारतीय पक्राउ

एस.एस. पटेल, बारा । बारा जिल्लाको सिम्रौनगढबाट हतियार सहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बसबरियादेखि कचोर्वा जाने सडकमा भारतीय मोटरसाइकलमा सवार २ जनालाई शंकाको आधारमा चेकजाँच गर्दा २ थान पेस्तोल फेला परेको हो । सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट सिम्रौनगढ र झरोखरको … Read more