स्टाफ नर्स न्युक्तिको विषयमा अदालतलाई भ्रमित पार्दै निजि विद्यालय

बारा, पुष ९ गते । उच्च अदालत जनकपुर अस्थायी इजलास विरगञ्जलाई निजि विद्यालयहरुले भ्रमित बनाउन प्रयास गरिरहेका छन् । निजि विद्यालयहरुले स्कुलमा स्टाफ नर्स नराखेको भन्दै मुदा परेको थियो । उक्त मुदालाई कम्जोर बनाउने उदेश्यले निजि विद्यालयहरुले आफुहरु स्थाफ नर्स राखेको झुटो पेपर पेस गरेर अदालतलाई भ्रमित बनाएको पाइएको छ । कानुन विद्यार्थी प्रकृती कर्ण … Read more

नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नतिका लागि आजदेखि रास्वपाको दबाब यात्रा

नवलपुर,पुस ९- राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैँडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । ११३ किलोमिटर दूरी पार … Read more

नवलपुरमा बाघको आक्रमणबाट दुइ जनाको मृत्यु

नवलपुर,पुस ९- नवलपुरमा बाघको आक्रमणबाट एकैघरका दुइ जनाको मृत्यु भएको छ । जिल्लाको विनयीत्रिवेणी गाउपालिकमा वडा नम्बर १ को खहरे जंगलमा घाँसकाट्न गएका सासू बुहारीको बाघको आक्रमणबाट ज्यान गएको हो । बाघको आक्रमणबाट २८ बर्षीया विष्णु पौडेल र उनकी सासू ६० बर्षीया मनादेवी पौडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का प्रहरी नायव उपरिक्षक … Read more

काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ। भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो । यस प्रतियोगितामा … Read more

नेपाली वेब सीरीज कैँचीको लागि कास्टिङ कल

बारा, पुष ७ गते । नेपाली वेब सिरिज कैँचीको लागि कास्टिङ कल गरिएको छ । बारा, पर्सा, रौटहट सहित मधेस प्रदेशका लोकल कलाकारको लागि कास्टिङ कल गरिएको हो । नेपालको तराई मधेश क्षेत्रमा घट्ने विभिन्न घटना तयार पारिने यो वेब सीरीजको लागि ३५ देखी ६० वर्ष उमेर सम्मका ४० जना पुरुष, २५ देखी ४० वर्ष … Read more

बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुदा दुईको मृत्यु

बारा, पुष ७ गते । बाराको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाराको प्रसौनीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको प्रसौनी गाउँपालिका २ स्थित दुधौरा पुलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया … Read more

बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया सम्पन्न

बारा, पुष ६ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा जीतपुरसिमरा भित्र बजार व्यवस्थापन तथा सुरक्षा चुनौती विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बजारमा चोरीको घट्ना सहित व्यवस्थापन कम्जोर हुदै गएपछि नगर उद्योग वाणिज्य संघले व्यवसायी सहित सुचक्षा … Read more

टोलटोलमा पैसाको बिटो बोकेर हिँड्नेलाई रास्वपाले टिकट दिँदैनः रवि लामिछाने

काठमाडौं, पुस ६- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका छन् । स्याङ्जामा आयोजित पार्टीको सभामा बोल्दै सभापति लामिछानेले पुराना दलका नेताहरूको कारण युवाहरू विदेशिन बाध्य भएको आरोप लगाएका हुन् । उनले भने, ‘हामी मिसन ०८४ मा छौं । हामीले व्यक्तिगत लाभको लागि नेता छान्ने होइन … Read more

जनकपुरीया नामले परिचित जीतपुरकी रिजवाना खातुन प्रहरी नियन्त्रणमा

बारा, पुष ५गते । बाराको जीतपुरकी जनकपुरीया भन्ने रिजवाना खातुनलाई प्रहरीले पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नसिमनगरकी रिजवानालाई ठगि मुदामा पर्सा प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जबाट २०७९ फागुन १६ गते भएको फैसलामा न्याय प्रशासन ऐन २०७३ को दफा १२ को अवस्था विद्यमान नरहेको देखिदा … Read more

सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ

काठमाडौं, पुस ५- सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। नवनियुक्त न्यायाधीशहरूले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठबाट राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज (बिहीबार) शितल निवासमा शपथ लिएका हुन्। सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।