नागरिकता विधेयकको देशभर विरोध गर्छाैँ : एमाले

काठ​माडौं, जेठ २०– नेकपा एमालेले राष्ट्रपतिबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण कानुनविपरीत भएको ठहर गरेको छ। शुक्रवार बसेको पार्टी बैठकले नागरिकता विधेयक मन्त्रिपरिषद्‌बाट लगेर पास गर्नु नेपालको संविधान, प्रचलित कानून एवं स्थापित मूल्यविरुद्ध भएको बताएको छ। पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अघिल्लो संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको संवैधानिक समयसीमाभित्र प्रमाणीकरण … Read more

नागरिकता विधेयक प्रमाणीकरण हुनु नयाँ जनादेशको अवमूल्यनः रास्वपा

बारा,जेठ १७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई नयाँ जनादेशको अवमूल्यन भनेको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण‍ीकरण नगरी रोकेर राखेको विधेयक प्रमाणीकरण गरेका थिए । पुरानो संसदबाट पास भएको कुरालाई कायम गरिनु नयाँ संसदको अवमूल्यन भएको रास्वपा प्रवक्ता डा मुकुल ढकालले बताए । ‘नयाँ जनादेश आएर नयाँ संसद … Read more

२ करोड बराबर क्षतिपूर्तिको माग गर्दै ढाकाकुमारविरूद्ध मुकुल ढकालले हाले मुद्दा

काठमाडौं, जेठ १५- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले पार्टीबाट बर्खास्तमा परेका सांसद डा. ढाकाकुमार श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । प्रवक्ता मुकुलले ढाकाकुमारविरूद्ध मानहानीको मुद्दा हालेका हुन् । आइतबार दर्ता मुद्दामा प्रवक्ता मुकुलले २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग गरेका छन्। पार्टीबाट सांसद बनाउन प्रवक्ता ढकाल र उपसभापति डोलप्रसाद अर्यालले २ … Read more

श्रीमानलाई स्वकीय राखेपछि जनमत पार्टीले गर्‍यो सांसदलाई कारबाही

काठमाडौं,जेठ १३- राष्ट्रिय जनमत पार्टीले राइट टु रिकलको अभ्यास गर्दै दुई सांसदलाई कारबाही गरेको छ। शुक्रबार बसेको पार्टी केन्द्रीय कार्य समितिको बैठकले सिरहाकी विनिताकुमारी सिंह र मोरङबाट प्रतिनिनिधत्व गर्ने सोनु मुर्मुलाई कारबाही गरेको हो। उनीहरूलाई राइट टु रिकल (पार्टीले फिर्ता बोलाउन)सक्ने व्यवस्थाअनुसार समानुपातिक सांसदबाट फिर्ता बोलाउने निर्णय गरेको एक नेताले बताए। उहाँहरू कारबाहीको प्रक्रियामा परिसक्नुभएको … Read more

२० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएन, माफी माग्नुपर्ने एमालेको माग

काठमाडौं, जेठ १२- प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीपछि २० मिनेटका लागि स्थगित भएको संसद बैठक अझै सुरु भएको छैन । मध्यान्ह बैठक सुरु भए लगतै एमाले सांसदहरुले पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिमा आपत्ति जनाए । १० जेठमा बोलेका दाहालले ‘पशुपतिनाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका … Read more

कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

काठमाडौं, जेठ ९- जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका सिकार भएको बताएका हुन्। ‘हामीलाई जहिले पनि रटाइयो कर्णाली प्रदेश पिछडिएको भनेर आज कर्णाली भन्दा पिछडिएको क्षेत्र मधेस हो। जनगणनाको तथ्याङ्ले मधेसको साक्षरता … Read more

आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउँछः रवि लामिछाने

काठमाडौं,जेठ ६- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ सालको निर्वाचनमा रास्वपाले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका छन्। शनिबार काभ्रेमा भएको पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचनमा पार्टीले एक्लै सरकार चलाउने गरी बहुमत ल्याउने बताएका हुन्। ‘०८४ मा आफैँले सरकार चलाउने गरी बहुमत ल्याउँछौँ। हामीलाई एक पटक मौका दिनुस्। कुनै … Read more

खाणलाई निलम्बन गर्दा शरणार्थी प्रकरणको लहरो अझै तानिने डरमा देउवा

काठमाडौं, जेठ ५– नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि उनले वास्ता गरेका छैनन् । यो प्रकरण उठ्ने अड्कलमा देउवाले पार्टी बैठक पनि टार्दै आएका छन् । कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला गृहमन्त्री … Read more

संघीयता जोखिममा पर्ने अवस्था देखियोः माधवकुमार नेपाल

काठमाडौं,जेठ १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संघीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन्। सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लोकतन्त्र, गणतन्त्र र संविधान संकटमा पर्न थालेको बताए। अब कम्युनिष्ट पार्टीहरु एक भइ आफ्नो जिम्मेवारीलाई महशुस गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। उनले कम्युनिष्टहरु एक … Read more

सकियो प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीचको छलफल

काठमाडौं, वैशाख २७- सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भएको छलफल सकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल झन्डै साढे एक घन्टा कुराकानी भएको हो । आजको भेटमा संसदीय समितिहरूको नेतृत्व, सत्य निरूपण तथा मेलमिलाप विधेयकलगायत विषयमा छलफल भएको कांग्रेस संसदीय दलका प्रमुख … Read more