सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं, वैशाख २७- सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ । यस्तै … Read more

एमालेले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट पैसा लिएको खुलासा

काठमाडौं, वैशाख २७– राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८÷७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक नियुक्तिमा समेत रुपियाँ प्राप्त भएको उल्लेख छ । तर निर्वाचन आयोगले भने राजनीतिक नियुक्तिका नाममा रकम लिएको उल्लेख भए पनि राजनीतिक रूपमा नियुक्त भएका … Read more

सरकारमा सहभागिताका बारे रास्वपाले आज निर्णय गर्दै

काठमाडौं, वैशाख २२– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुन गइरहेको जानकारी दिएका छन् । … Read more

रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुन्छ: माधव नेपाल

काठमाडौं, वैशाख २१- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका छन् । कैलालीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री र कांग्रेस सभापतिले राय माग्दा पनि आफूले रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने बताएका सुनाए । उनले भने, ‘हिजो पनि प्रधानमन्त्रीसँग कुराकानी भएको थियो, के भयो थाहा छैन ।’

यही सरकार रहिरहे देश टाट पल्टिन्छ: अध्यक्ष ओली

काठमाडौं,वैशाख १९- पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकार रहँदासम्म देश टाट पल्टिने बताएका छन्।काठमाडौंमा आयोजित पार्टीको मिशन ग्रासरुट अभियानको समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकार रहिरहे देश टाट पल्टिने बताएका हुन् । उनले डेढ वर्षभित्र ओरालो लागेको अर्थतन्त्र फर्काउन नसकिए देश असफल राष्ट्र बन्ने बताए। ‘अहिले मूल्यवृद्धिबाहेक केही बढेको … Read more

मन्त्री बन्न घुस ‘डिल’ गरेका रास्वपाका सांसद ढाकाकुमारको सांसद पद गयो

काठमाडौं, वैशाख १२– मन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग दुई करोड रुपैयाँ मागेको भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त भएका छन् । रास्वपाले समानुपातिकतर्फबाट सांसद बनेका श्रेष्ठलाई कारबाही गरेको सूचनाका आधारमा सभामुख देवराज घिमिरेले उनको पद रिक्त भएको घोषणा गरेका हुन् । संघीय संसद् सचिवालयले आवश्यक निर्णय सिफारिस गरेर सभामुखलाई पत्र बुझाइसकेको … Read more

बारा-२ को मतगणना प्रत्यक्ष प्रसारण गर्न सिके राउतको माग

बारा, वैशाख ११ गते । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा-२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेका हुन्। अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘बारा-२ मा मतगणना स्थलको लाइभ हुनुपर्छ।‌ … Read more

प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपाल गोविन्द भट्टराईलाई भोट माग्न तनहुँ जाने

तनहुँ, बैशाख ५- नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जाँदै छन् । तनहुँ– १ मा बैशाख १० गते हुने उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न शीर्ष नेताहरु भोलि तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बताए । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, … Read more

आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ, मेरो जवाफ आउदैछः रवी लामिछाने

चितवन, चैत ३०– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले कान्तिपुरले भ्रम फैलाएको आरोप लगाएका छन् । चितवन–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार लामिछानेले सामाजिक सञ्जालमा पोष्ट गर्दै आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेको बताएका छन् । उनी लेख्छन्, ‘आजको कान्तिपुरले समाचारको नाममा भ्रम छापेछ। मेरो जवाफ आउदैछ। अलि समय लाग्ला। त्यतिन्जेल सम्म … Read more

रवि लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा बुझाए स्पष्टिकरणको जवाफ

चितवन, चैत २८– चितवन क्षेत्र नं २ का उमेदवार रवि लामिछानेले मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोधेको स्पष्टिकरणको जवाफ पेश गरेका छन् । लामिछानेले खामबन्दी गरेर पठाएको स्पष्टिकरणको जवाफलाई कार्यालयले सोमबार निर्वाचन आयोगमा पठाएको छ । ‘उहाँले सोमबार स्पष्टिकरणको जवाफ पठाउनुभएको थियो । हामीले यहाँबाट पनि सोमबार नै निर्वाचन आयोगमा पठाएका छौँ’, मुख्य निर्वाचन अधिकृतको कार्यालयका … Read more