बारा क्षेत्र नं. ४ (क) मा एमालेबाट आठ जनाको नाम सिफारिस

बारा, भाद्र १९ । बारा क्षेत्र नं. ४(क) बाट प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेबाट मनोज पौडेल (चन्द्रलाल) सहित आठ जनाको नाम सिफारिस भएको छ । सिमरास्थित जिफन्ट कार्यालयमा शनिबार सप्पन्न भेलाले पौडेलसहित अमृतलाल श्रेष्ठ,कासिम हुसेन, देवी सापकोटा, रविन्द्र खकुरेल, अनिलकुमार साह, जयकिशोर राउत र भरत घलेको नाम सिफारिस गरेको हो । भेलामा सहभागी अधिकांश … Read more

प्रदेश सभा सदस्यको लागि लोसपाले गर्यो बारा क्षेत्र नं. ४ (क) बाट घनश्याम गिरिको नाम सिफारीस

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मधेस प्रदेशको प्रदेश सभा सदस्यको लागि बारा क्षेत्र नम्बर ४ (क) बाट लोसपा नेपालले घनश्याम गिरिको नाम सिफारीस गरेको छ । क्षेत्रीय कमिटिले प्रदेश सभा सदस्यको लागि गिरिको एकल नाम सिफारीस गरेको हो । घनश्याम गिरि लामो समय देखी समाज सेवामा … Read more

जीतपुर-नगौल जाने बाटो मै पोखरी, निकाय मुख दर्शक

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ६ जोड्ने सडक खण्ड बर्षौ देखी निमार्णको पर्खाइमा छ । वडा नम्बर ७ जीतपुर र ६ को सिदरीया टोल र नगौल जोड्ने उक्त सडक खण्डमा पाजी जमेर पोखरी नै बनेको छ । जीतपुर देखी नगौल जाने बाटोमा पानी जम्दा आवतजावतमा समेत स्थानियहरुले … Read more

सर्लाहीबाट नक्कली नोटको नमुना कागजसहित एक जना पक्राउ

सर्लाही, भदौ १८- सशस्त्र प्रहरी बल सर्लाहीले जिल्लाको सिमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा नक्कली नोटको नमुना कागज बरामद गरेको छ । शुक्रबार नेपाल–भारत सीमावर्ती क्षेत्र सिमरा भगवतीपुरबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा नक्कली नोट बनाउने नमुना कागज बरामद् गरेको हो । गोडैता नगरपालिका–३, सिमरा भगवतीपुर बजारमा खटिएको सशस्त्र प्रहरीको टोलीले नक्कली नोट तयार गर्ने कागजको बण्डल बरामद … Read more

बारामा आफ्नैं श्रीमतीको हत्या गरेको अभियाेगमा श्रीमान सहिँत दुई जना प्रहरी नियन्त्रणमा

कलैया, १७ भदाै । बारामा आफ्नैं श्रीमतीको हत्या गरेको अभियाेगमा श्रीमान सहिँत दुई जनालाई प्रहरीले  नियन्त्रण लिएकाे छ । जिल्लाकाे महागढीमाई नगरपालिका  वडा नं.३ निवासी भोला मियाँको छोरा ३० वर्षिय सयमोदिन अंसारिले आफ्नैं श्रीमती सहना खातुनलाई कर्तव्य गरि मारेको आंशाकामा प्रहरीले पक्राउ गरि सोधपुछ गरेकाे हाे । सयमोदिन अंसारि सँगै उनको भाउजू अफसना खातुनलाई समेत … Read more

सिरहामा करेन्ट लागेर बाबुछोराको मृत्यु

सिरहा, १७ भदाै ।  सिरहामा करेन्ट लागेर बाबु र छोराको ज्यान गएको छ । जिल्लाकाे गोलबजार नगरपालिका–६ का विजय साह र उनका छोरा १९ वर्षिय अमर साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । घर जिकैको इनारमा मोटर जोड्ने क्रममा विजय साहलाई करेन्ट लागे पछि उनलाई बचाउँन पुगेका छोरा अमरलाई समेत करेन्ट लागे पछि … Read more

नेपाल फाेटाे पत्रकार महासंघ, बाराकाे दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी चयन

जानकारी नेपाल, डेस्क । नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । दोस्रो जिल्ला अधिवेशनबाट महासंघको अध्यक्षमा दिवाकर भण्डारी चयन हुनुभएको छ । नेपाल फोटो पत्रकार महासंघ बाराको दोस्रो जिल्ला अधिवेशनबाट उपाध्यक्षमा श्याम गुप्ता, सचिवमा इन्दिप कोईराला, कोषाध्यक्षमा प्रलाद तिमल्सिना, सदस्यमा प्रदिप गौतम, एस.एस. पटेल (शिवशंकर), राधेश्याम पटेल लगायत नाैं सदसिय … Read more

निर्णय भएको सात वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय

बारा, भदौ १६– सरकारले निर्णय गरेको सात वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्धाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो । सिम्रौनगढमा मालपोत र … Read more

बारा-पर्सामा धुम-धामका साथ श्री गणेश चतुर्थी सुरु

बारा , १५ भदौ । हिन्दु धर्मावलम्बीहरुले मनाउँने गणेश चतुर्थी तथा महिलाहरुको महान् पर्व तीजको शुभ अवसरमा बारा, पर्साको बिभिन्न स्थानमा धुमधामका साथ आज देखि ६ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ । बाराको जीतपुर, परवानीपुर, बिरगंजको छपकैंया, घरियर्वा पोखरी, माईस्थान, ड्राईपोर्टमा बिहान शोभा यात्रा निकालेर भव्य रुपमा गणेश चतुर्थी … Read more

सिमरामा भाद्र २९ बाट दोस्रो अन्तर्राष्ट्रिय भेट्रान कप फूटवल प्रतियोगिता हुने

सिमरा, १५ भाद्र । नेपाल र भारतका क्लबको सहभागिता रहने गरी सिमरामा दोस्रो अन्तर्राष्ट्रिय मञ्जुदेवी भेट्रान कप फूटवल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबले भदौ २९ गतेदेखी असोज १ गतेसम्म प्रतियोगिताको आयोजना गर्न लागेको हो । सिमरा रंगशालामा हुने प्रतियोगितामा नेपाल र भारतका १६ टिमको सहभागिता रहनेछ । क्लबले बुधवार सिमरास्थित होटल … Read more