जीतपुरसिमरा अपडेट : वडा नम्बर २३ को मतगणना गर्ने तयारी

जानकारी नेपाल, डेस्क । जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर २३ को मतगणना गर्ने तयारी भईरहेको छ । वडा नम्बर २३ को मतगणना गर्ने गरी आन्तरीक तयारी शुरु गरिएको सहायक निर्वाचन अधिकृत बालाराम खड्काले जानकारी दिनुभयो ।

जीतपुरसिमरा अपडेट : वडा नम्बर १ र २ को मतगणना शुरु

जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना जारी छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा अहिले वडा नम्बर ३ वटा वडाको मतगणना भईरहेको छ । केहिबेर अघिदेखि वडा नम्बर १ र २ को मतगणना शुरु भएको छ । सहायक निर्वाचन अधिकृत बालाराम खड्काका अनुसार केहिबेर अघिदेखि वडा नम्बर १ र २ को मतगणना शुरु भएको … Read more

मेयर उम्मेदवार चौधरीले गरिन् मतदान

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख पदका लागि नेकपा एमाले नगर प्रमुख पदकि उम्मेदवार सरस्वती देवि चौधरीले मतदान गरेकी छिन् । जीतपुरसिमरा ४ स्थित औराहमा रहेको नेपाल राष्ट्रिय माध्यमिक बिधालय मतदान केन्द्रबाट चौधरीले मतदान गरेकी हुन्। यसैगरी एमाले नगर उपप्रमुख पदका उम्मेदवार भोला प्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिधालयमा रहेको मतदान केन्द्रबाट मतदान … Read more

मेयरका उम्मेदवार राजन पौडेलले गरे मतदान

५ दलिय साझा गठबन्धनको तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका राजन पौडेलले मतदान गर्नुभएको छ । वडा नम्बर ३ स्थित बजनी बिद्यालयमा पुगेर मेयरका उम्मेदवार पौडेलले मतदान गर्नुभएको हो । मेयरका उम्मेदवार पौडेलले पहिलो मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसंग कुरागर्दै मेयरका उम्मेदवार पौडेलले साझा गठबन्धन स्पष्ट बहुमतका साथ विजयी हुने बताउनुभयो । जीतपुरसिमरा … Read more

जीतपुरसिमराका मेयरका उम्मेदवार सन्जय साहले गरे मतदान

जानकारी नेपाल, डेस्क । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को तर्फबाट जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुखको उम्मेदवार बन्नुभएका सन्जय कुमार साहले आफ्नो मतदान गर्नुभएको छ । उपमहानगरपालिकाको वडा नम्बर ७ स्थित जीतपुर मा.वी पुगेर मेयरका उम्मेदवार साहले मतदान गर्नुभएको हो । जीतपुर मा.वीको मतदान स्थलमा मतदानपछि सञ्चारकर्मीसंग कुरागर्दै मेयरका उम्मेदवार सन्जय साहले लोसपा नेपालले जनताको मनमा बस्न … Read more

जीतपुरसिमराका मेयरका उम्मेदवार पक्राउ

जानकारी नेपाल, डेस्क, २९ वैशाख । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका एक उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे । माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएकाे हाे । महतोका … Read more

निर्वाचन आयोगले विरगञ्जका मेयर उम्मेदवार सरागवीलाई सोध्यो २४ घन्टे स्पष्टीकरण

जानकारी नेपाल, डेस्क । निर्वाचन आयोगले पर्साको वीरगञ्ज महानगरपालिकाका नेकपा (एमाले) का उम्मेदवार विजय सरागवीलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घन्टे स्पष्टीकरण सोधेको छ । जनता समाजवादी पार्टी नेपालका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष ईश्वरचन्द्र यादवको उजुरीका आधारमा आयोगले सरावगीलाई जवाफ माग गरेको हो । सरागवीले वैशाख २६ गते राति १२ः३० बजे … Read more

कुरा हैन काम गरेर देखाउछु: जीतपुरसिमरा ७ का वडा अध्यक्ष उम्मेदवार मंसुर

जानकारी नेपाल, डेस्क । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार मुगले आजम मंसुरले कुरा गरेर हैन काम गरेर देखाउछु भनेर जनताको मन जित्दै हिनेका छन् । मंसुरले घरदैलो र र्यालीमा “यहाँ भाषण गर्ने धेरै छन् तर काम गर्न म आएको छु” मंसुरले भन्नू भयो । कांग्रेसले अहिले … Read more

बाराको जीतपुरमा भोली गठबन्धनको आमसभा हुँदै, सम्बोधनका लागि प्रचण्ड आउदै

जानकारी नेपाल, डेस्क । चुवनवी सभा सम्बोधनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचड भोलि बारा आउनुहुने भएको छ । ५ दलिय गठबन्धनको आयोजनामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा हुन गईरहेको आमसभालाई सम्बोधन गर्न प्रचण्ड भोलि बारा आउन लाग्नुभएको हो । जीतपुरमा हुने आमसभा भोलि दिउसो १२ बजेदेखि शुरु हुने नेकपा माओवादी केन्द्रका … Read more

जीतपुरसिमरा २३ मा शिर्ष नेताहरू सहित लोसपाको बृहत घरदैलो

जानकारी नेपाल, डेस्क । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ मा शिर्ष नेताहरूको सहभागीतामा बृहत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । लोसपा नेपालका शिर्ष नेता एवम् पुर्व मन्त्री एकबाल मियाँ, पुर्व मन्त्री एवम् लोसपा नेपालका प्रदेश अध्यक्ष जितेन्द्र सोनल लगायतका शिर्ष नेताहरूको सहभागीतामा आज आईतवार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्कर २३ … Read more