बाराको जीतपुरमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाईते

जानकारी नेपाल, डेस्क । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ७ मा आज शनिवार साँझ दुई मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाईते भएका छन् । उपमहानगरको जीतपुरस्थित ललकापुल नजिक सिमराबाट जीतपुर तर्फ आउदै गरेको बा७१प २९७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको नम्बर नखुलेको अर्को मोटरसाईकल एकआपसमा ठक्कर … Read more

बारा क्षेत्र नं. ४ (क) बाट प्रदेश सभा सदस्यमा कुशवाहाको स्वतन्त्र उम्मेदवारीको घोषणा

जानकारी नेपाल, डेस्क । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । मधेस प्रदेशको बारा क्षेत्र नम्बर ४ (क) बाट सन्तोष कुशवाहाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । कुशवाहाले पार्टीबाद, नाताबाद, कृपाबाद र भ्रष्टाचारको अन्त्य गर्न अब युवाहरु प्रतिनिधि सभा र … Read more

आगामी तीन दिनको मौसम, शनिबार बागमती र मधेसमा भारी वर्षा हुने

काठमाडौं, भदौ ९– हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। मौसक पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र … Read more

‘सडकमै ट्राफिक शिक्षा’

बारा, भाद्र ८ । सडक छेउमा मानिसको ठुलो भिड् । भिड्कै बीचमा ट्राफिक प्रहरी । झट्ट हेर्दा दुर्घटना झै लाग्ने तर वास्तविकता भने ठिक उल्टो । दिनँहुजसो जीतपुरको सडकमा देखिने उक्त दृश्यको उदेश्य भने दुर्घटना न्युनिकरणका लागि ‘सडक ट्राफिक शिक्षा’ अभियान । जीतपुरस्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ईन्चार्ज ट्राफिक प्रहरी सहायक निरीक्षक दीपक बस्नेत यस्तै … Read more

भरतपुरको दिवान रेष्टुरेन्टबाट ६४० मिलिग्राम खैरो हिरोइनसहित एक पक्राउ

चितवन, भदौं ८- भरतपुर महानगरपालिका–१० मा रहेको दिवान रेष्टुरेन्टबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । करिब ६४० मिलिग्राम खैरो हेरोइनसहित भरतपुर महानगरपालिका–९ बस्ने ३५ वर्षीय रत्न बहादुर प्रजापतीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।

भन्सार छलीका सामाग्रीसहित बाराबाट ट्रक नियन्त्रणमा

जानकारी नेपाल, डेस्क, ६ भदौ । बाराबाट सशस्त्र प्रहरीले बिलबिजकभन्दा बढीको सामाग्री ट्रकसहित नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल सुरक्षा बेस जितपुरबाट प्रहरी निरीक्षक रबी थापा नेतृत्वको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ स्थित छातापिपराबाट ३० लाख २९ हजार ७ सय ५४ रुपैयाँ बराबरको सामाग्री बरामद गरेको हो । छिन्नमस्ता बाहिनीको विशेष सूचनाको … Read more

यौन दुर्व्यवहारको आरोपमा पर्सागढीबाट एकजा पक्राउ

जानकारी नेपाल, डेस्क, ६ भदौ । यौन दुर्व्यवहार गरेको आरोपमा पर्सा जिल्लाको पर्सागढीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ३ निवासी ४० वर्षीय महम्मद चुकुलाहलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल रेडक्रस सोसाइटी पर्सागढी उपशाखाका सभापति समेत रहेका उनलाई स्थानीय महिलालाई जिस्काउनुका साथै यौन दुर्व्यवहार गरेको आरोप लागेको प्रहरीले … Read more

१२ किलो लागूऔंषध गाँजा सहित जीतपुरबाट २ जना पक्राउ

एस.एस. पटेल, बारा । १२ किलो गाँजा सहित बाराको जीतपुरबाट २ जना पक्राउ परेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुर स्थित टेढारोडबाट प्रहरीले गाँजा सहित २ जनालाई पक्राउ गरेको हो । बाराको जीतपुरबाट पर्साको मिलन चौक तर्फ जाँदै गरेका दुईजना माथी संका लागे पछि जीतपुर र सिमराबाट खटिएको सिभिल प्रहरी टोलीले जीतपुरबाट पछि … Read more

उपत्यकावासीमा सरसफाइबारे जागरण फैल्याउन वाग्मती नदीमा र्‍याफ्टिङ

काठमाडौँ, भदौ ४- वाग्मती नदीमा र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज (शनिबार) बिहान र्‍याफ्टिङ गराइएको हो । उपत्यकावासीमा नदी सरसफाइबारे जागरण फैल्याउने उद्देश्यका साथ नेपाल र्‍याफ्टिङ एजेन्सिज (नारा)ले थापाथलीदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ आयोजना गरेको थियो । शहरी विकास मन्त्री मेटमणि चौधरी, वातावरणविद, समाजसेवीलगायत विशिष्ट व्यक्तिहरू सहभागीतामा साढे ५ किलोमिटर जलयात्रा सँगसगै नदीमा सरसफाइ पनि … Read more

करेन्ट लागेर बाबु र छोराको मृत्यु

४ भदौ, नेपालगञ्ज  । नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु … Read more