नवलपरासी माइक्रोबसले ठक्कर दिँदा युवकको मृत्यु

नवलपरासी,असोज २०- पश्चिम नवलपरासीमा माइक्रोबसको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ। घटनामा अर्का युवक गम्भीर घाइते भएका छन्। गएराति करिब साढे सात बजे पूर्वपश्चिम राजमार्गस्थित सुनवल नगरपालिका ७ ज्यामिरे चोकमा बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशातर्फ गुडिरहेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको … Read more

हातेमालो साकोस सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न, २ करोड ४९ लाख नाफा

बारा, असोज १९ गते । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित रहेको थानिमाई सामुदायिक वन (सिमरा पार्क) मा संस्थाले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको हो । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिमराका अध्यक्ष यज्ञ बहादुर आलेको … Read more

चितवन फेरी सहकारी पीडित र रविका समर्थकबीच घम्साघम्सी,केही घाइते

चितवन,असोज १९- चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग कुरा राख्न गएका चितवनका सहकारी पीडित र लामिछानेका समर्थकबीच शनिवार पनि घम्साघम्सी परेको छ । सो क्रममा ढुङ्गा हानाहान हुँदा केहीबरे तनाबको स्थिति सृजना भएको थियो । ढुङ्गा हानाहान मा केही सहकारी पीडित घाइते भएका छन् । … Read more

सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई मधेस सरकारले दियो जनही एक लाख

असोज १९ गते । वीरगन्ज । सिमलताल बस दुर्घटनामा परी मृत्यु भएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले एक-एक लाखको चेक हस्तान्तरण गरेको छ । सिमलताल बस दुर्घटनाका मृतकका परिवारलाई जनही एक-एक लाखको चेक हस्तान्तरण गरिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । करिब तीन महिना पछाडि सिमलताल बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई शुक्रबार चेक हस्तान्तरण गरिएको मुख्यमन्त्री … Read more

पर्यटकीय नगरी सौराहामा थपियो ‘युआर अटोमेटिक लण्ड्री’ को सेवा

असोज १८ गते । बाराको सिमराबाट सुरु भएको युआर अटोमेटिक लण्ड्रीको सेवा पर्यटकीय नगर सौराहमा समेत विस्तार गरिएको छ । चितवनको रत्ननगर नगरपालिका ६ सौराहामा लण्ड्रीको सेवा विस्तार गरिएको हो । झण्डै एक करोडको लगानीमा स्थापना गरिएको लण्ड्रीको क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष गंगा गिरीेले उद्घाटन गरेका हुन् । उद्घाटनमा सौराहास्थित होटल संघका प्रतिनिधि, … Read more

भोटेकोसीले तातोपानी नाका जोड्ने लार्चाको पुल बगायो

काठमाडौँ, असाज १२- अरनिको राजमार्गअन्तर्गत लार्चाको पुल भोटेकोसी नदीले बगाएको छ। बिहीबारदेखि परेको अविरल पानीले भोटेकोसी नदीको बहाव बढेर लार्चाको पुल बगेको स्थानीयले बताएका छन्। भोटेकोसी गाउँपालिमास्थित लार्चाको पुल बगेपछि तातोपानी नाकासँगको सम्पर्क टुटेको छ। पुललाई शनिबार बिहान नदीले बगाएको हो। नदीको जल सतह निरन्तर बढ्दो क्रममा रहेकाले तातोपानी, बाह्रबिसे लगायतका बजार तटीय क्षेत्र जोखिममा … Read more

पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु

पाँचथर, असोज १२- पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ । निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीस्थित घरमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उहाँकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो । उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन् । पहिरोमा परी … Read more

कोशी ब्यारेजबाट खसेको बसका सबै यात्रुको उद्धार

विराटनगर । कोशी ब्यारेजबाट नदीमा खसेको यात्रुबाहक बसमा सवार २६ जनाको उद्धार गरिएको छ । विहिबार साँझ करिब ६ बजे यात्रुबाहक बस कोशी ब्यारेजको ढोका नम्बर ३४ र ३५ बाट तल खसेको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिल्क्स यात्रुबाहक बस कोशी ब्यारेजको ३४/३५ नम्बर ढोकामा खसेको थियो । … Read more

बाजुरामा भरूवा बन्दुकसहित दुई जना पक्राउ

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ स्थितबाट भरूवा बन्दुक २ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-३ रिवडा बस्ने ४० वर्षीय धिरेन्द्र शाही र सोही गाउँपालिका-३ पिपलाडी बस्ने ३० वर्षीय रमेश शाही रहेका छन् । धिरेन्द्रको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट … Read more

बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बारा, असोज ८ गते । बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको निजगढ रतनपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो । मोटरसाइक अनियन्त्रित भइ रुखमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा निजगढ नगरपालिका वडा नम्बर १३ का २६ वर्षिय मोटरसाईकल चालक सुरेन्द्र घलानको मृत्यु भएको … Read more