भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त … Read more

जीतपुरमा हुने गणेश चतुर्थी महोत्सवको तयारी पुरा, भोलीबाट शुरु हुदै

भाद्र २१ गते । बाराको जीतपुरमा हुने बृहत् गणेज चतुर्थि महोत्सवको तयारी पुरा भएको छ । शनिवार बिहान ८ बजेदेखि बृहत् शोभायात्रा निकालेर गणेश चतुर्थि पुजा शुरू हुने भएको छ । पुजा समितिले एक कार्यक्रमको आयोजना गरि पुजाको सम्पुर्ण तयारी भैसकेको जनाएको हो । समितिका अध्यक्ष श्रीराम साह कानुका अनुसार गणेश पुजामा गण्श भग्वानलाई यो … Read more

आशा जगाउँदैछ वीरगञ्जको कृषि औजार कारखाना

वीरगञ्ज, भदौ २१- राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न भ्याइनभ्याइ छ । उहाँले बिहीबार बिहानदेखि वीरगञ्जको घण्टाघरबाट पनि पुस्तक बिक्री गर्ने कार्यमा अनवरत रुपमा दौडधुप गर्दै आइरहनुभएको छ । उहाँले दौडधुप गर्नुका पछाडि भने दुई दशकदेखि बन्द रहेको वीरगञ्जस्थित कृषि औजार कारखानालाई … Read more

जीतपुरसिमराको कानुन पालनामा जनज्योती सहकारीको अग्रसरता, कोषाध्यक्ष शर्माले पदबाट दिए राजीनामा

बारा, भाद्र १९ गते । जनज्योती बचत तथा ऋण सहकारी संस्था लिमिटेड डुमरवानाका कोषाध्यक्ष गोविन्द शर्माले कोषाध्यक्ष पदबाट राजीनामा गरेका छन् । संस्थाको चौधौं बार्षिक साधारण सभाको अवसरमा कार्यक्रमलाई सम्बोधनगर्दै कोषाध्यक्ष शर्माले दोहोरो पदमा रहन नपाउने उपमहानगरको कानुनलाई पालना गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । शर्मा उपमहानगरकै डुमरवानादुग्धउत्पादक सहकारी संस्था लिमिटेडमा पनि … Read more

२२ वर्षीय युवतीको हत्या अभियोगमा खाँ पक्राउ

बागमती, भदौ १८- हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी थिइन् । उनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले हेटौँडा–४ का ३२ वर्षीय चाँद खाँलाई पक्राउ गरेको हो । खाँलाई हेटौँडा–५ लटिनाथ मन्दिर क्षेत्रबाट पक्राउ गरिएको मकवानपुर … Read more

डेंगु सङ्क्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन, भदौ १७- चितवन जिल्लामा डेंगु सङ्क्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल … Read more

बारामा पिकअप भ्यानको ठक्कर बाट एकको मृत्यु

बारा, भाद्र १६ गते । बारामा पिकअप गाड़ीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबीमा पिकअप गाड़ीको ठक्करबाट रौतहटका एक जनाको मृत्यु भएको हो I तामागढ़ी-सिमरौंनगढ़ सड़क खण्ड अन्तर्गत कोल्हबी नगरपालिका वडा नम्बर ११ खगदे पुल नजिक प्रदेश २-०३ –०१ च ४९२० नम्बरको पिकअप गाड़ीले  आइतबार बिहान साइकलमा सवार रौतहट मौलापुर नगरपालिका-८ सोनारानिया … Read more

घाँघर खोलामा आएको बाढीले माडी-ठोरी सडक अवरुद्ध

भरतपुर,भदौ १६- गए रातिदेखि परेको अविरल वर्षासँगै घाँघर खोलामा आएको बाढीले चितवनको माडी–ठोरी सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक केदारमान दोङले घाँघर खोलामा आएको बाढीले माडी–ठोरी सडक सवारीसाधन आवतजावत बन्द भएको जानकारी दिनुभयो । यो खोलामा पुल निर्माणको क्रममा रहेका कारण बाढी आउनासाथ आवतजावत ठप्प हुने गरेको छ । पानी … Read more

चट्याङ लागेर ३ वर्षीय बालकको मृत्यु

दैलेख, भदौ १३- दैलेखको आठबीस नगरपालिका–५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिए । हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि … Read more

भरतपुरमा बाराका एक पुरुषले गरे आफ्नै शरिरमा आगो लगाई देहत्याग

चितवन, भदौ ११- भरतपुरमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाई देहत्याग गरेका छन् । भरतपुर महानगरपालिका–३ लंकुमा बारा जिल्लाका एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका हुन्। बाराको महागढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेको स्थानियहरुले … Read more