जीतपुर सामुदायिक साकोषको १५औं साधारण सभा सम्पन्न

एस.एस. पटेल, बारा । बारा स्थित रहेको जीतपुर सामुदायिक सक्रिय बचत तथा सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको साकोषको आफ्नै सभा हलमा साधारणसभा सम्पन्न भएको हो । साकोषकी अध्यक्ष सावित्री श्रमा पिप्लेको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा मधेस प्रदेशका पुर्व प्रदेश सभा सदस्य सुन्दर … Read more

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रानको उपाधी मोरङलाई

सिमरा, असोज १ । दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको उपाधी मोरङ भेट्रान क्लबले जितेको छ । सिमरा रंगशालामा शनिवार भएको फाईनल खेलमा चितवनलाई २-० ले पराजित गर्दै मोरङले उपाधी जितेको हो । मोरङका लागि डेनिम राई र विनोद धिमालले समान एक=एक गोल गरेका थिए । मोरङले खेलको १३औं र ३३ औ मिनेटमा गोल … Read more

सिमरा भेट्रान कप २०७९ : फाईनल खेल आज, उपाधीका लागी मोरङ र चितवन भिड्ने

सिमरा, असोज १ । बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज फाईनल खेल हुदैछ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको फाईनल खेल आज हुन लागेको हो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत फाईनल खेल दिउसो ३ बजेदेखि शुरु हुने प्रतियोगिता संयोजक हरी चौधरीले जानकारी दिनुभयो … Read more

दोस्रो अन्तर्राष्ट्रिय सिमरा भेट्रान कपको सेमिफाइनल समिकरण पूरा, भोलि फाइनल खेल हुने

सिमरा, भाद्र ३१ । स्वर्गीय मञ्जुदेवी गुप्ताको स्मृतिमा सिमरामा आयोजित अन्तर्राष्ट्रिय सिमरा भेट्रान कप फूटवल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सिमर रंगशालामा शुक्रवार सम्पन्न चार वटा क्वाटरफाईनल खेलबाट सिमरा भेट्रान बी, मोरङ भेट्रान, चितवन भेट्रान र भारतको कलकत्ता भेट्रान सेमिफाइनल प्रवेश गरेका हुन् । पहिलो क्वाटरफाइनल खेलमा सिमराले भुटनदेवी भेट्रान हेटौडालाई ३-१ ले … Read more

कर्मचारी आन्दोलित हुदा वडा अध्यक्षले आफ्नै गाडीले उठाए फोहोर

डेस्क, भाद्र ३१ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्षले आफ्नै गाडीबाट फोहोर उठाएका छन् । उपमहानगरको कर्मचारीहरू आन्दोलित भएर नगरपालिकाको सम्पुर्ण कामकाज बन्द गरेपछि फोहोर उठ्न नसके पछि वडा अध्यक्ष आफ्नै गाडीले फोहोर उठाउन बाध्य भएका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तारा कार्कीले कर्मचारीहरू संग अभद्र … Read more

स्कूटरबाट झरेर नारायणी पुलबाट एक पुरुषले हाम फाले

चितवन,भदौ ३०- चितवनको नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज (बिहिबार) ६ः५१ मिनेटमा भरतपुर महानगरपालिका ३ स्थित नारायणी नदी पुलबाट नाम थर नखुलेका अन्दाजी ३०/३२ बर्षका पुरुषले हाम फालेका हुन् । उनले बागमती प्रदेश ३–०२–००२ प ९१३६ नम्बरको सिल्भर कलरको स्कूटर,निलो कलरको चप्पल र एक … Read more

सिमरा भेट्रान कप २०७९ : दोश्रो दिन ६ खेल सम्पन्न, भोलि क्वाटरफाईनल हुने

सिमरा, भाद्र ३० । बाराको सिमरामा जारी दोस्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप २०७९ मा आज एकैदिन ६ वटा खेल सम्पन्न भएको छ । सिमरा भेट्रान क्लबको आयोजनामा सिमरा रंगशालामा जारी प्रतियोगिताको दोश्रो दिन आज ६ वटा खेल सम्पन्न भएको हो । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा आयोजना गरिएको प्रतियोगिता अन्र्तगत आज भएको पहिलो खेलमा सिमरा भेट्रान … Read more

जीतपुरसिमरा: किर्ते काम गर्न नमान्ने दुई कर्मचारीलाई वडा अध्यक्षले कोठामा थुने

बारा, भाद्र ३० । किर्ते काम गर्न नमानेका दुई जना अमिनलाई बाराको जितपुरसिमरा उपमहानगरको वडा नम्बर ३का वडा अध्यक्षले कोठामा थुनेको विरोधमा कर्मचारीहरुले कारवाहीको माग गर्दै बिहिबार उपमहानगरको काम ठप्प पारेका छन । जीतपुरसिमरा ३ का वडा अध्यक्ष तारा बहादुर कार्कीले अमिनद्वय प्रदिप कुमार र अम्बिका प्रसाद कुशुबाहलाई बुधबार वडा अध्यक्षको आदेश नमानेको भन्दै कोठामा … Read more

बाराली पत्रकार भण्डारी सौराहमा सम्मानित

चितवन, भाद्र ३०। नेपाल फोटो पत्रकार महासंघ बाराका अध्यक्ष दिवाकर भण्डारी चितवनको सौराहमा सम्मानित भएका छन् ।फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घघाटन समारोहमा पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो । बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण खनाल र महासंघका केन्द्रीय अध्यक्ष ध्रुव आलेले भण्डारीलाई सम्मान गरेका थिए । फोटो पत्रकार महासंघको स्थापनाकालदेखि नेतृत्वदायी … Read more

दोश्रो अन्तराष्ट्रिय सिमरा भेट्रान कप सुरू, पहिलो दिनक‍ो खेलमा सिमरा र चितवन विजयी

सिमरा, भाद्र २९ । बाराको सिमरामा बुधवार देखी सुरु भएको दोस्रो अन्तराष्ट्रिय भेट्रान कप २०७९ को उद्घाटन खेलमा आयोजक सिमरा भेट्रान क्लब विजयी भएको छ । स्वर्गिय मञ्जुदेवी गुप्ताको स्मृतीमा सिमरा रंगशालामा शुरु भएको उद्घाटन खेलमा सिमराले सर्लाही भेट्रान क्लबलाई ८–० गोलको अन्तरले पराजित गर्दै विजयी यात्रा शुरुवात गरेको हो । साथै आजै भएको दस्रो … Read more