जगदम्बा अटो ग्रुपद्धारा रक्तदान कार्यक्रम सम्मपन्न, ५२ जनाले गरे रगददान

बारा, माघ १९ गते । जगदम्बा अटो ग्रुपले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा अटो ग्रुपले आफ्नो टिभिएस मोटरसाईकल उत्पादन हुने कम्पनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । रक्तदान कार्यक्रममा एक महिला सहित ५२ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी एवं ब्लठ बैंक विगरञ्जको समन्वयमा जगदम्बा अटो ग्रुप प्रा.लीले जीतपुरसिमरा उपमहानगरपालिका वडा … Read more

बुबाको हत्या आराेपमा छोरा पक्राउ

सुनसरी, १६ माघ । आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई प्रहरीले पक्राउ गरेको छ ।   घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भएका चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको … Read more

बैतडीमा किशोरीको शव फेला

बैतडी, १६ माघ । बैतडीमा एक किशोरी मृत फेला परेकी छन्। जिल्लाको दशरथचन्द नगरपालिका–६ थालीगडाकी १६ बर्षीया रेखा धामी मंगलबार मृत फेला परेकी हुन्। उनी आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक नन्दराज जोशीले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको उनले बताए।

भरतपुर महानगरद्वारा बालबालिकालाई न्यानो कपडा वितरण

पुनम मगर, शशिनगर, १६ माघ । भरतपुर महानगरपालिकाले ‘बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत भरतपुर १८ को श्री माध्यमिक विद्यालय शशिनगरका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रेनु दाहालले विद्यालयको सुधारका लागि प्राप्त मात्रमा भौतिक पूर्वाधारहरू निर्माण गर्दै आगामी दिनमा विद्यार्थीको माग अनुसार नै शैक्षिक गतिविधिहरू अगाडि बढाउने गरी कार्यक्रमहरू ल्याइने  योजनाहरू … Read more

रौतहटमा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या

रौतहट, १४  माघ । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुमा एक विवाहिता महिलाको हत्या गरिएको छ। बिहेमा नगद रुपैयाँ कम दिएको, सुत्ने खाट, कुर्सीलगायत फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन्। सामाजिक परम्परा अनुसार २०७७ साल जेष्ठ महिनामा विवाह गरेका रौतहट जिल्लाको मौलापुर … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, … Read more

बलात्कार मुद्धामा फसाइदिने भनि ‘ब्ल्याकमेल’ गर्ने युवती जेल चलान

काठमाडौं, माघ १०- पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिका–६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो । थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश … Read more

राम मन्दिरको उद्घाटनको अवसरमा जनवरी २२ मा बाराको जीतपुरमा विभिन्न कार्यक्रमको अयोजना गरिने

बारा, पुस २१ गते । राम भगवानको जन्मभूमि अयोध्यामा नवनिर्मित श्री राम मन्दिरको समुद्घाटन एवम् प्राण प्रतिष्ठानको शुभ अवसरमा बाराको जीतपुरमा विभिन्न कार्यक्रम गरि खुसियाली मनाइने भएको छ । जनवरी २२ तारिख अर्थात माघ ८ गते खुसियालीको रुपमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा महाआरतीको आयोजना गरिने छ । तेसै गरि सोही दिन जीतपुरमा … Read more

विरगञ्जमा डा. आलोक दासको लापरबाहीले युवकले गुमाउन पर्यो हाँत

बारा, पुस २१ गते । एक डाक्टरको लापरवाहीको कारण एक युवकले आफ्नो हाँत गुमाउनु परेको छ । वीरगञ्जको आशाराम अस्पतालका डा. आलोक दासले पैसा कमाउने चकरमा लापरवाही गर्दा विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का भोला कुमार साहले आफ्नो हाँत गुमाउनु परेको हो । डा. दासविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी समेत परिसकेको छ । पिडित … Read more

सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु, अवस्था तनावग्रस्त

सर्लाही, पुस २० गते । सर्लाही जिल्लाको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिकामा बन्न लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा शुक्रवार प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भएको हो । विवादको क्रममा प्रहरीको गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका वडा नम्बर ६ का जयशंकर साह गम्भीर घाइते भएका थिए … Read more