२४ घण्टामा थपिए कोरोनाका ६ संक्रमित

बारा, पुष ५ गते । पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का ६ संक्रमित थपिएका छन् । ५७४ वटा स्वाब नमुनाको परीक्षण गरिँदा ६ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

बाराको धन्सार पुल नजिक सवारी दुर्घटना हुदा एक जानको मृत्यु

बारा, पुष ५ गते । पूर्वपश्चिम राजमार्गको धन्सार पुल नजिक साेमबार ट्रकमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। ट्रकसँग मोटरसाइकल ठोक्किएर निजगढ नगरपालिका-१ सिगौंलका भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको हो। उनले चलाएको ना३४प ८३३१ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना६ख २२६१ ट्रकमा ठोक्किदा ३५ वर्षीय तिमल्सिनाको दिउँसो १ः३० बजे घटनास्थलमै ज्यान गएको प्रहरीले बताएको … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने चयन

चितवन,पुस ५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । सो पार्टीका एक नेता कविन्द्र बुर्लाकोटीले आज बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, … Read more

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

काठमाडौँ, पुस ४- जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । डा राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक … Read more

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन

काठमाडौं, पुस ५- नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता चयन भएका छन् । मंगलबार बसेको एमाले संसदीय दलको बैठकमा उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरिएको सांसद ठाकुर गैरेले जानकारी दिए । उनका अनुसार अर्को बैठक बसेर उपनेता, प्रमुख सचेतक लगायत चयन गर्ने … Read more

ट्रकमा मोटरसाइकल ठोक्किँदा बारामा २ जनाको मृत्यु

बारा, पुष ४ गते । बारामा मोटरसाइकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ दुर्घटनामा रौतहटका दुई जना युवकको मृत्युभएको हो । सोही मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । सडकको छेउमा मर्मत गर्न राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँएर रौतहटको गुजरा नगरपालिका वडा नम्बर ३ सिम्रिका निवासी २६वर्षीय भुवन पहारी … Read more

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट महिलाकाे मृत्यु

भरतपुर, पुष ३ गते । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भएकी सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । साउन यता निकुञ्ज र … Read more

सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघ्यो

बारा, पुष ३ गते । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । नयाँ मूल्यवृद्धिसँगै सुनको मूल्य पुनः तोलामा एक लाख रुपैयाँ नाघेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य … Read more

बाँकेमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

बाँके, पुस ३– बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट महिलाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नं.को पिकअप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए। उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । … Read more

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा

भरतपुर, पुस ३- चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ । भरतपुरको केन्द्रीय बस टर्मिनलमा निर्माण गरिएको दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो । जिल्लाका तीन ठाउँमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । मुग्लिन बजारमा निर्माण भइरहेको चार्जिङ स्टेशनको काम अन्तिम चरणमा पुगेको छ । बसपार्कमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेका चार्जिङ स्टेशन सञ्चालनमा … Read more