बारा, मंसिर १९ गते ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाराले वडा अध्यक्ष बिंदालाल साहलाई उपस्थित गराउन बारा प्रहरीलाई पत्र पठाएको हो ।
जिल्ला अदालत बाराले मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर अदालत उपस्थित गराउन आदेश दिएको हो ।
चेक अनादर सम्बन्धी कसुरमा आरोपी वडा अध्यक्षलाई पक्राउ गर्न भनिएको जिल्ला अदालत बाराले जानकारी दिएको छ । वडा अध्यक्ष साहबिरुद्द सोही वडाका चेतनारायण मुखिया बिनले दर्ता गराएको चेक अनादरको मुद्दामा अदालतले मंसिर १४ गते वडा अध्यक्ष साहलाई पक्राउ गर्न आदेश जारी गरेको थियो ।





