नेता अफ्ताब आलम नेकपा एमाले पार्टीमा प्रवेश

  • एस.एस. पटेल, बारा ।

जीतपुरका चर्चित नेता अफताब आलम नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गर्नुभएको छ । नेकपा एमाले जीतपुुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको प्रथम वडा अधिवेशनमा नेता आलम पार्टी प्रवेश गरेका हुन ।

जनप्रजातान्त्रिक पार्टीका बारा जिल्लाको पुर्व अध्यक्ष समेत रहिसक्नुभएका आलम एमाले प्रवेश गर्दै अब आफू एमालेमा रहेर जनताको हरेक शुख दुखमा साथ दिने र एमालेको नितिनियम र मुलधारमा चल्ने बताउनु भएको छ । साथै उंहाले अगामी निर्वाचनमा देशमा भारि मतले नेकपा एमालको सरकार आउने विश्वास रहेको बताउनु भयो ।

आलमलाई नेकपा एमाले प्रदेश नम्बर २ का प्रदेश अध्यक्ष ज्वाला साहले टीका र पार्टीको छाप सहितको गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभएको थियो । आलम संगै जीतपुरका रोशन गुप्ता, अजय जैसवाल, माहाविर गुप्ता पार्टी प्रवेश गर्नुभएको छ।