प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशन सम्पन्न ,अध्यक्ष पदमा यादब चयन

एस.एस. पटेल, बारा ।

प्रेस सेन्टर नेपाल बाराको दोस्रो जिल्ला अधिवेशनबाट रञ्जन यादबलाई अध्यक्ष पदमा सर्बसम्मत रुपमा चयन गरिएको छ ।

प्रेस सेन्टर नेपाल बाराका जिल्ला अध्यक्ष रामबाबुु मेहताको अध्यक्षतामा जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मौलापुुरमा भएको अधिवेसनले अध्यक्षमा रञ्जन यादब , उपाध्यक्षमा प्रदिप गौतम ,महिला उपाध्यक्षमा प्रियँका साह ,सचिवमा उमेश घलान ,सह सचिवमा पप्पुु साह ,कोषाध्यक्षमा रितिका अधिकारी सर्बसम्मत चयन हुुनुुभएको छ ।त्यस्तै सदस्यहरुमा अनिल पाण्डे ,रञ्जना खतिवडा ,कोपिला चौँलागाई ,बिपना शर्मा ,समिता चौलागाई, ,सन्दीप साह रौनियार ,पबित्रा कुुमारी चौलागाई,शिवराज अधिकारी ,गेस कुुमार श्रेष्ठ ,अंकित गौतम ,साबिर अंसारी ,ऋषि सहनी ,मुुकेस मेहता लगायत रहेका छन् ।

अधिवेसनले महाधिवेसन प्रतिनिधिमा महेश्वर अधिकारी ,रामबाबुु मेहता र गम्हीरा सहनीको नाम छनोट गरेको छ ।त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधिको लागि बसन्त लामा ,फैजुुल्ला आलम र प्रभुु यादबको नाम छनोट गरेको प्रेस सेन्टर नेपाल बारा शाखाले जनाएको छ ।

अधिवेसन सुुरु हुुनुुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन नेकपा माओवादी केन्द्रको जिल्ला संयोजक क्षेत्र बहादुुर श्रेष्ठ (अनिल)ले गर्नुुभएको थियो ।

कार्यक्रममा बोल्दै श्रेष्ठले सत्य र निश्पक्ष पत्रकारिता गर्नुुपर्ने कुुरामा जोड दिँदै अबको पत्रकारिता मिशन पत्रकारिता हुुनुुपर्ने बताउँनुुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजन पौडेल ,रबिराज दंगाल ,जिल्ला सदस्य रामचन्द्र अधिकारी , महाधिवेसन आयोजक समिती सदस्य बिदुुर खड्का ,जीतपुुरसिमरा उपमहानगरपालिका वडा नं.५ का वडा अध्यक्ष मोहित चौधरी ,वडा नं.४ का वडा अध्यक्ष ईश्वर के.सि. ,वडा नं.१४ का वडा अध्यक्ष रामशरण बर्तौला ,वडा नं.१५ का वडा अध्यक्ष राम प्रसाद लामिछाने , कार्यपालिका सदस्य शोभा कार्की लगायतको सहभागिता रहेको थियो ।