बारा जिल्ला बक्सिङ्ग संघ गठन

  • एस.एस. पटेल, बारा ।

बारा जिल्ला बक्सिङ्ग संघ गठन गरिएको छ । लामो समयदेखी बक्सिङ्ग खेलमा आवद्ध यूवाहरुको समुहले पहिलो पटक जिल्लामा बक्सिङ्ग संघ गठन गरेका हुन् ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ सिमरा मुख्य ठेगाना रहेको संघले आज पत्रकार सम्मेलन गरी बक्सिङ्ग संघ गठन बारे जानकारी गराएको हो । सिमरामा आयोजित पत्रकार सम्मेलन मार्फत स्थानिय करणसिंह ठकुरीको अध्यक्षतामा गठित ११ सदस्य संघ पदाधिकारीको घोषणा भएको छ ।

जिल्लामा बक्सिङ्ग खेलको विकास र सम्द्र्घन गर्दै स्थापित गर्ने योजनाका साथ संघ गठिन गरिएको नवगठित संघका अध्यक्ष ठकुरीले जानकारी दिनुभयो । विशेषगरी बाराको सिमरालाई खेलकुद हबको रुपमा विकास गर्ने र जिल्लाको पहिचानमा योगदान दिने अभिप्रायका साथ बक्सिङ्ग संघ गठन गरिएको वहाँले बताउनु भयो । स्थानिय सरकार र सभुचिन्तकहरुको साथ सहयोगमा जिल्लामा यो खेललाई स्थापित गराउने योजना रहेको संघका अध्यक्ष ठकुरीले जानकारी दिनु भयो । ८ बर्ष माथीका बालबालिकाहरु बक्सिङ्ग खेलमा आवद्ध हुन सक्ने छन् । यस खेलबाट आत्मारक्षा, आत्मविश्वास, नेतृत्वकलामा मद्द पुग्नुका साथै नाम र दाम सहित सहज जीवन यापनमा फाईदा पुग्ने उहाँले भयो ।

नव गठित संघको उपाध्यक्षमा मुनासिंह ठकुरी, सचिवमा सन्तोष धिताल ,सह सचिवमा निसा लामा र कोषाध्यक्षमा उज्वलसिंह ठकुरी रहेका छन् । यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ,सुजिता मानन्धर,प्रिती श्रेष्ठ, अमनसिंह ठकुरी, रोहन तामाङ्ग र अमृत क्षेत्री रहनु भएको छ । कार्यक्रममा संघमा आवद्ध पधादीकारीहरुको सभागिता रहेको थियो ।