- एस.एस. पटेल, बारा ।
पर्साको विरगञ्ज महानगरपालिका वडा नम्बर ३२ बदननगरमा आज माघ २९ गते देखी प्राण प्रतिष्ठान महायज्ञ शुरु भएको छ । सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ शरू भएको हो ।
महायज्ञ आजबाट शुरु भई ३ दिन सम्म चल्ने छ । आज बिहाज शनिबार १० बजे कलश यात्राको आयोजना गरि महायज्ञको शुरुवात गरिएको थियो । महायज्ञ भईरहेको स्थानबाट जलयात्रा शुरू भई पर्साको बदन नगर र बाराको जीतपुरको परिक्रमा गरि दुधावरा खोलामा गई जल ल्याईएको थियो ।
महायज्ञमा ९ दम्पतीले ३ दिन सम्म पुजामा बसि पुजा अर्चना गर्नेछन् । राम, सीता, लक्ष्मण, हनुमान र शनिदेव भग्वानको मुर्ति प्रतिष्ठान गर्नको लागि महायज्ञको आयोजना गरिएको हो । सर्वकल्याणकारी राम जानकी मन्दिर संरक्षण समितिको आयोजनामा हुने महायज्ञमा दिनहु पर्वचन र सांस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ ।







