फाल्गुन १६ गते काठमाडौं संग गोल्ड कपमा भिड्ने NNGYC जीतपुरलाई जर्सी सहयोग

  • एस.एस. पटेल, बारा ।

यहि फाल्गुन १६ गते भक्तपुर FC काठमाडौं संग पटेर्वा सुगौली दोस्रो गोल्ड कपमा भिड्ने NNGYC जीतपुरलाई जर्सी सहयोग दिईएको छ । जीतपुर स्थित रहेको कोहिनुर बचत तथा ऋिण सहकारी संस्थाले टिमलाई जर्सी सहयोग गरेको हो ।

जीतपुर फुटबल टिमलाई १६ थान जर्सी सहयोग गर्दै सहकारी संस्थाको अध्यक्ष महमद ललिले खेलाडीहरूको मनोबल बढाउने उदेश्यले जर्सी सहयोग गरेको बताउनु भयो ।

भक्तपुर FC काठमाडौं र NNGYC जीतपुर विचको खेल यहि फाल्गुन १६ गते दिनको २ बजे देखि पटेर्वा सुगौलीमा हुनेछ ।