“प्रमुख पदमा महिलाको स्थान सुनिश्चित गरौं” भन्ने नाराका साथ निजगढमा मनाईयो अन्तर्राष्ट्रिय महिला दिवस

  • जानकारी नेपाल, निजगढ,

“समृद्ध नेपाल निर्माणका लागि स्थानीय तहको प्रमुख पदमा महिलाको समान सहभागीता सुनिश्चित गरौँ” भन्ने मुल नाराका साथ बाराको निजगढमा ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल महिला संघ निजगढ नगर समितिले निजगढ नगरपालिका वडा नमवर २ सिंगौलमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि निजगढ नगरपालिकाका उपप्रमुख लिला देवी लामिछानेले “महिलाहरू पनि हरेक क्षेत्रमा पुरूष जतिकै सबल र सक्षम छन भन्दै आफ्नो हक सुनिश्चितताका लागि स्वयं आफ्नै लड्नु पर्ने बताउनु भएको थियो ।

अनेमसंघको केन्द्रीय सदस्य अञ्जु नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा निजगढ नगरपालिकाका उप-प्रमुख लिला लामिछाने, नेकपा एमाले मधेस प्रदेश सदस्य सुदर्शन कोईराला, दुर्गा कोईराला, अम्बिका चौलागाईं, राक ब. श्रेष्ठ, केशव प्रसाद ढोडारी, दिल ब. लामा, दुर्गा प्रसाद गौतम, मिरा पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

निजगढ नगरभरीका ५०० भन्दा बढि मानिसहरूको उपस्थिति रहेको उक्त कार्यक्रमलाई रूपाश्री ढोडारीले उद्धघोस गर्नुभएको थियो ।