जीतपुरसिमरा २३ मा पुन: वडा अध्यक्षमा असलम देवान नै किन?

मुलुको १७ उच्च स्थानिय तह मध्येको एक हो बाराको जीतपुरसिमरा उपमहानगरपालिका यस उपमहानगरमा २४ वडा छन् जस मध्ये २३ नम्बर वडा विभिन्न क्षेत्रमा विकास निर्माणका काममा भने निकै अगाडि छ ।

२०७४ सालमा नेपाल कम्युनिस्ट पार्टी माववादी केन्द्रबाट वडा अध्यक्षमा विजयी हुनुभएका वडा अध्यक्ष असलम देवानले ५ वर्षको अवधिमा अन्य वडाको तुलनामा निकै विकासका कामहरू सम्पन्न गर्नुभएको छ । माववादी केन्द्रबाट विजयी हुनुभएका देवान हाल नेकपा एमालेमा रहेका छन् । उनी अहिले बैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा एमालेबाट वडा अध्यक्षको आकांक्षी पनि हुन ।

आफ्नो कार्याकालमा वडा भरि देवानले करिव ४ किलोमिटर सडक ढलान गरेको दावी गरेका छन् भने, वर्षेनी पानीले क्षेति गर्ने नदिमा ततबन्ध, शैक्षिक स्तरमा प्रगति, धार्मिक स्थान मर्मत, दुई गाउँ जोड्ने पुल निर्माण, स्वास्थ्य चौकी निर्माण लगायत विभिन्न पुर्वाधार निर्माणका कामहरू गरेको देख्न सकिन्छ।

धेरै कामहरू सम्पन्न भएतापि अरू अन्य धेरै विकासका कामहरू अहिले पनि अधुरै छन् र तेस्लाई पुरा गर्न आफू पुन: एक पकट वडा अध्यक्षकै जिम्मेवारी लिन चाहेको असलम देवानले बताउनु भयो ।

पुन: वडा अध्यक्षमा असलम देवान नै किन?
करिब ५ वर्षमा वडा अध्यक्ष देवानले गरेका कामहरू निकै उदाहरणीय छन् । उनले पुर्वाधार विकासका साथै वडामा विभिन्न किसिमका सामाजिक काममा पनि निकै अगाडि रहेको स्थानियहरूले बताउछन् । वडा अध्यक्षमा पुन: देवान आउदा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ को कायापलट नै हुने धेरैले अनुमान पनि गरिरहेका छन् ।