जीतपुरसिमरामा एमालेबाट मेयरमा सरस्वती चौधरी र उप–मेयरमा भोला अधिकारी

  • जानकारी नेपाल, डेस्क ।

नेकपा एमालेले जीतपुरसिमरा उपमहानगरपालिकाको उम्मेद्धवारको टुंगो लगाएको छ । एमालेले मेयरमा सरस्वती देवी चौधरी र उप–मेयरमा भोला अधिकारीको टुंगो लगाएको हो । मेयर र उप–मेयर सहित एमालेले जीतपुरसिमराको सम्पुर्ण वडाका उम्मेदवारको पनि टुंगो लगाएको छ ।

चौधरी २०७४ सालको निर्वाचनमा उप–मेयरमा निर्वाचित हुनुभएको थियो । मेयरमा चौधरीको नाम सिफारिस भएपछि उहाले हिजो जीतपुरसिमरा उपमहनगरपालिकाको उपमेयरको पदबाठ राजिनामा दिनुभएको थियो ।

बैशाख ३० मा हेने स्थानिय तहको निर्वाचनमा उप–मेयरको उम्मेद्धवार बन्नुभएका अधिकारी नेकपा एमाले जीतपुरसिमरा नगर कमिटिको अध्यक्ष हुन् । अधिकारी २०७४ सालको निर्वाचनमा वडा नम्बर २ को वडा सदस्यमा पराजित हुनुभएको थियो ।