करोना भाईरस अर्थात कोभिड-१९को रोकथाम तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ। अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र नाै वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि दुई अर्ब ९५ करोड २० लाख रुपैयाँको सहमति दिएको हो ।
अर्थ मन्त्रालयले वीरगञ्जको नारायणी अस्पतालका लागि ९ करोड ८० लाख रुपैयाँ दिएको छ । अस्पतालमा स्रोत, साधन र जनशक्तिको अभावमा कोरोना संक्रमितहरुको उपचारमा समस्या आएको अस्पताल प्रशासनले बताउँदै आएको छ ।
अस्पतालसँग पर्याप्त अर्थ नहुँदा कयौँ सेवा सुविधाहरु ठप्प रहेका छन् । अर्थ मन्त्रालयले दिएको रकमबाट अस्पतालमा थप सेवाहरु ल्याउँन र बन्द रहेका सेवाहरु पुन: सुचारु गर्न सहयोग मिल्ने विश्वास छ । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि एक अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ।




