- एस.एस. पटेल, बारा ।
मुलुकको १७ उच्च स्थानिय तह मध्येको बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा चुनावी माहोल निकै रोचक बन्दै गएको छ । उपमहानगरमा मात्र नभई वडामा सम्मेत चुनावी माहोल तातिसकेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ को वडा अध्यक्षको पदका लागि निकै रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । वडा अध्यक्ष पदमा वडा नम्बर ७ बाट स्वतन्त्र उम्मेद्वार सहित आधा दर्जन भन्दा बढिले उम्मेद्वारी दर्ता गराएको भए पनि एमाले, लोसपा र कांग्रेसको हांत भने वडा निकै भारी छ ।
आधा दर्जन भन्दा बढिले उम्मेद्वारी दिए पनि यंहा एमाले, लोसपा र कांग्रेसको मात्र प्रतिस्पर्धा हुने देखिन्छ अन्य उम्मेद्वारहरुले भने अहिले सम्म चुनावी प्रचारमा लागेको पनि छैन्न । स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरु अहिले सम्म को हुन भन्ने पनि स्थानिहरुले हेरेका छैन्न् यस अर्थमा बुझ्न सकिन्छ वडा नम्बर ७ जीतपुरमा मुख्य ३ पार्टी विच मात्र प्रतिस्पर्धा हुने छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट लोसपा नेपालबाट राजुराज गिरि, एमालेबाट सुनिल कुमार गुप्ता, कांग्रेसबाट मुगले आजम मन्सुरले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
जीतपुरसिमरा ७ को वडा अध्यक्षमा कस्ले मार्ला बाजी?
२०७४ सालको निर्वाचनको अवस्था हेर्ने हो भने नेपाली कांग्रेस निकै बलियो देखिन्छ । २०७४ को निर्वाचनमा जीतपुरसिमरा ७ मा वडा अध्यक्षमा कांग्रेसले बाजी मारेको थियो तर झिनो अन्तरले दोस्रो स्थानमा आएको नेकपा एमालेले जीतपुरमा हाफ्नो हात निकै बलियो बनाई सकेको छ । यता लोसपा नेपाललाई हेर्ने हो भने २०७४ को निर्वाचनमा भरखरको नंया पार्टी भएता पनि एमाले र कांग्रेसलाई राम्रो टकर दिएको थियो अहिले लोसपाको लोकपृयता र कार्यकर्ता दुबै बढेका पनि छन् ।
इ तिनवटै पार्टी र उस्को उम्मेदवार विच जितको अग्रिम मुल्याकंन गर्न निकै कठिन छ । सबैको चुनावी प्रसारप्रसार हेर्ने हो भने कोहि कोहि भन्दा कम देखिदैनन् ।
जीतपुरमा एमालेको अवस्था कस्तो?
जीतपुरसिमरा ७ मा एमालेको अवस्था हेर्ने हो भने एमाले र उस्को उम्मेदवार दुबै बलियो छन् । एमालेको उम्मेदवार युवाहरु संग निकै परिचित रहेका सुनिल कुमार गुप्ताको लोकपृयता पनि निकै बढि छ । गुप्ता संग अहिले युवाहरु चुनावी प्रचारप्रसारमा संगै लागेको देख्न सकिन्छ । वडा अध्यक्षको अध्यक्षका उम्मेदवार गुप्ताले आफ्नो जित सुनिचित रहेको दाबि गर्दै आएका छन् ।
जीतपुरमा लोसपा नेपालको अवस्था कस्तो?
जीतपुरसिमरा ७ मा लोसपा नेपालको अवस्था हेर्ने हो भने पर्टी र उस्को उम्मेदवार दुबै बलियो भैसकेको देख्न सकिन्छ । लेसपाका उम्मेदवार राजुराज गिरि युवाहरु सगै गाँउमा सबै संग निकै नजिक छन् उनको पनि लोकपृयता अरु भन्दा कम छैन । चुवानको मुखमा आएका लोसपा नेपालमा नेपाली कांग्रेसका कृयाशिल सदस्यहरु पनि लोसपामा प्रवेश गरेका छन् यसले गर्दा लोसपा नेपाल पनि निकै बलियो भैसकेको छ । राजुराज गिरि एमालेबाट वडा अध्यक्षको टिकेटको लागि सिफारीस हुनुभएको थियो तर उनलाई एमालेबाट टिकट नपाए पछि उनि आफ्नो पुरानै पार्टी लोसपा फर्किएर वडा अध्यक्षमा उम्मेदवारी दिनु भयो । उनी एमाले जादा उनि संग एमाले गएका व्यक्तिहरु पनि उनि संगै लोसपामा फर्किएका छन् । वडामा लोसपाको प्रचारप्रसार पनि निकै जोरसोरले भैरहेको छ ।
जीतपुरमा लोसपा नेपालको अवस्था कस्तो?
जीतपुरसिमरा ७ मा नेपाली कांग्रेसको अवस्था हेर्ने हो भने उ पहिलाको बाजि मारेको पार्टी हो । पार्टी संगै उस्को उम्मेदवार पनि समाजमा होमिएका व्यक्ति हुन् । कांग्रेसको उम्मेदवार एमाले र लोसपाका उम्मेदवार जस्तो बढि लोकपृय नभए पनि उनको पार्टी भने जीतपुरमा निकै लोकपृय छ । कांग्रेसको उम्मेदवार मुगले आजम मन्सुरले आफ्नो वडा पहिला पनि जितेको पार्टी हो र फेरी जित्ने पार्टी नै हुने विश्वा लिएका छन् । चुवानी माहोलमा अब मन्सुर पनि जोरसोरले लागिसकेका छन् र वडामा उनको लोकपृयता बढाउदै गएको देख्न सकिन्छ ।




