जीतपुरसिमरा: वडा नं.२३ मा नेकपा एमालेको प्यानलनै विजयी

  • जानकारी नेपाल, डेस्क ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. २३को मतगणना सकिएको छ । जसमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

नेकपा एमाले बिजयी वडा अध्यक्ष उमेदवार मुस्तकिम अन्सारीले ७८२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका वडा अध्यक्ष उमेदवार अस्लम देवानले ४८९ पाए । यस्तै नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार ताहिर मियाँ हुसेनले १०३ पाएका छन् । वडा नं. २३ मा जम्मा १३९० मत खसेको थियो ।

यस वडामा मेयर र उप(मेयरका उमेदवारले पाएको मत परिणाम यस्तो छ ।

नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ६५५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ७१२
लोसपाका मेयर संजय कुमार साह: ४४६
लोसपाकी उपमेयर बि.पी. मोक्त्तान: ४८२
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: १९९
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ४६