एमालेले हार्दा देश हार्छ र एमालेको जित भनेकै देशको जित हो: अध्यक्ष ओली

  • काठमाडौँ, साउन २०-

नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुनबाट बचाउन एमालेले जित्नु पर्ने बताउनु भएकध छ ।

राजधानी काठमाडौंमा भएको एक कार्यक्रममा आफूहरुलाई चुनाव हार्ने छुट नभएको बताउँदै उनले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । उनका अनुसार एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने त्यो देशलाई जिताउनु हो ।

‘अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतीमा लगेको छ अझै उनीहरुले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम बनाउने, ओलीको भनाइ छ ।