बारा, असार १३ गते ।
बाराको जीतपुरमा संतोष एण्ड कम्पनीको सेवा केन्द्र संचालनमा आएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको नबिल बैकंको भवनमा संतोष एण्ड कम्पनीको अडिट फर्मको सेवा केन्द्र संचालनमा आएको हो ।
कम्पनी दर्ता, उद्योग दर्ता, व्यवसाय दर्ता, खरिद बिक्रि खाता, स्टक बुक तयार गर्ने लगायत अडिट सम्बन्धि सम्पुर्ण सेवा दिने उदेश्यका साथ संतोष एण्ड कम्पनीले आफ्नो सेवा केन्द्र जीतपुरमा खोलेको संचालक संतोष कुमार साहले बताउनु भयो ।
बिहिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै संतोष एण्ड कम्पनीले आफ्नो सेवा केन्द्र जीतपुरमा संचालन गरेको जानकारी गराएको हो । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको प्रमुख आतिथ्यतामा अडिट फर्मको उद्घाटन गरिएको थियो ।
कम्पनीका संचालक रेजिष्टर्ड अडिटर संतोष कुमार साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बारा–पर्सा औद्योगिक कोरिडोरका सभापति संजय साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निर्वतमान महासचिव शिवजी साह, जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका निर्वतमान कोषाध्यक्ष अमर यादव, नेपलाी काग्रेसका युवा नेता शेखर भण्डारी, नेकपा एसका युवा नेता संतोष कुशवाहा सहित स्थानिय बुद्धिजिवि र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
विरगञ्जमा दुई दशकबाट अडिट सम्बन्धि सेवा दिदै आएको संस्थाको जीतपुरमा सेवा केन्द्र स्थापना हुनु निकैनै सुखद पक्ष रहेको बक्ताहरुले बताएका थिए ।





