बारामा बाघको आक्रमणबाट एकको मृत्यु

बारा, असार ४ गते । बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्जमा बाघको आक्रमणबाट स्थानीय ५० वर्षीय चन्द्रबहादुर ब्लोन मृत्यु भएको हो । ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा आज बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको हो । ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका … Read more

असार ९ गते जीतपुरसिमराको बाह्रौ नगर सभा हुने

एस.एस. पटेल, बारा, जेठ २८ गते । जीतपुरसिमरा उपमहानगरपालिकाको बाह्रौ नगर सभा अगामी असारमा हुने भएको छ । असारको ९ गतेको लागि जीतपुरसिमराको बाह्रौ नगर सभा तोकिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाले एक सुचना जारि गर्दै असार ९ गते बाह्रो नगर सभा रहेको जानकारी दिएको हो । सिमराको क्लासिक प्लाजा होटेलमा ९ गते दिनको १ बजेदेखी … Read more

छैठौँ बकुलिया भवानीपुर गोल्ड कपः आयोजक सेमिफाइनलमा प्रवेश

एस.एस. पटेल, बारा, जेठ २७ गते । बाराको बकुलियामा संचालन भैरहेको छैठौँ बकुलिया भवानीपुर गोल्ड कप २०८२ मा आयोजक जन कल्याणकारी क्लब विजयी भएको छ । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै आयोजक प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । अलटोकील क्लब चन्द्रपुरलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा आयोजकले ३–२ को जीत निकालेको थियो । … Read more

२०औं स्थापना दिवशको अवसरमा रक्तदान र स्वास्थ्य शिविर

एस.एस. पटेल, बारा, जेठ २७ गते । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आफ्नो २०औं स्थापना दिवशको अवसरमा खुल्ला रक्तदान र स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेका छ । महासंघको बारा शाखाले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा रक्तदान, आँखा चेकजाँच शिविर कान चेकजाँच शिविरको आयोजना गरेको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रांगनमा आयोजित रक्तदान कार्यक्रममा … Read more

टिभिएसको स्ट्राइकर १२५ मोटरसाईकल पुन: बजारमा, गरियो रि-लन्च

बारा, जेठ १९ गते । डिसकन्टिन्यु गरिएको टिभिएस कम्पनीको स्ट्राईकर मोटरसाईकल पुन: रि-लन्च गरिएको छ । बाराको जीतपुर स्थित रहेको टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नमा स्ट्राईकर १२५ मोटरसाईकल सार्वजनिक गर्दै पुन: बजारमा आएको बताइएको हो । स्ट्राइकर १२५ मा स्टाइल र सुविधा दुबैलाई ध्यानमा राखिएको छ। टिभीएसको लोकप्रिय कम्युटर सेग्मेन्टमा यो बाइक नयाँ … Read more

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैः यस्तो सम्भावित कार्यसूची

काठमाडौँ, जेठ ५- सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ … Read more

डीएसपीले स्टेजमै पुगेर माइक खोसेपछि महोत्सवमा हंगामा, दर्शक आक्रोशित बन्दै गरे तोडफोड

०३ जेठ ।सिमरा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित जीतपुरमा जेठ १ गतेदेखि सुरु भएको व्यापार तथा सांस्कृतिक महोत्सव शनिबार राति अप्रत्याशित रूपमा अवरुद्ध भएको छ। महोत्सवमा प्रस्तुति दिइरहेका चर्चित भोजपुरी गायक सुनिल पण्डितको हातबाट स्वयं इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुभद्रा वाइबाले स्टेजमै पुगेर माइक खोसेपछि माहोल तनावग्रस्त बनेको हो। कार्यक्रम … Read more

भारतमा तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु, १ जना गम्भीर घाइते

काठमाडौं, वैशाख २५ गते । भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित सात जना यात्रु थिए । जसमा पाँच महिला र दुई पुरुष छन् । हेलिकप्टरमा महाराष्ट्रका तीन, आन्ध्र प्रदेशका दुई र उत्तर प्रदेशका एक यात्रु … Read more

चितवनमा रेबिज लागेर एक जनाको मृत्यु

चितवन, वैशाख २५- रेबिज लागेर इच्छाकामना गाउँपालिका–२ का ३२ वर्षीय मीनबहादुर प्रजाको मृत्यु भएको छ । निजको भरतपुर अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो । केही महिनाअघि उहाँलाई कुकुरले टोकेको थियो । उपचारमा विलम्ब हुँदा निजको मृत्यु भएको हो । उहाँ उपचारका लागि हिजो बुधबार अस्पताल भर्ना हुनुभएको … Read more

हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैनः कमल थापा

काठमाडौँ, वैशाख २५- राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ । ‘हामीहरु हिन्दु राष्ट्रको एजेण्डा स्थापित नभएसम्म निरन्तर आन्दोलन गरिरहने प्रतिवद्धताका साथ एक ठाउँमा भेला भएका … Read more