धन्यवाद ज्ञापन गर्न घरदैलोमा हिडेका किसान श्रेष्ठ र जितेन्द्र सोनललाई बारामा २०५ किलोको माला

वीरगञ्ज, मंसिर १७- बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका हुन् । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा … Read more

जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँचको मृत्यु, नौँ जना घाइते

धनुषा, मंसिर १७ गते । धनुषामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै गर्दा आज बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको … Read more

बिहान उठ्ने बित्तिकै भुलेर पनि कहिल्यै यी सात काम नगर्नु

काठमाडौँ, मंसिर १७- बिहान चाँडै उठ्नु राम्रो बानी हो । हामीमध्यये धेरै यस्ता पनि छौँ, जो बिहान उठेर पानी पिउने, मेडिटेशन गर्ने, व्यायाम गर्ने र बिहानको समय मर्निगं वाक गर्ने गछौँ । एकातिर यि सबै बानी स्वास्थ्य जीवनका लागि राम्रो हो भने अर्कोतिर केही यस्ता बानी पनि हुन्छन् जसले हाम्रो स्वास्थ्यमा नराम्रो असर पर्ने हुन्छ … Read more

प्रधानमन्त्री बनेर काम गर्नसक्ने कन्फिडेन्स ममा छ: प्रकाशमान सिंह

काठमाडौं, मंसिर १७– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीको खानेपानी समस्या समाधानमा पहल गरिरहेको बताउनुभएको छ । शनिबार बिहान काठमाडौंको आशा आवासीय विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतिक्षित मेलम्ची खानेपानी परियोजना किन सुरु हुन सकेन भनेर आफूहरू खानेपानी मुहानमै पुगेर आएकाले केही व्यावहारिक र प्राविधिक समस्या तत्कालै समाधान गराउन प्रधानमन्त्रीसँग पहल गर्ने समेत उहाँले बताउनुभएको … Read more

अब सवारी लाइसेन्स बनाउन ट्रायलमा ७० अंक ल्याउनुपर्ने

काठमाडौँ, मंसिर १५- बागमती प्रदेशमा आइतबारदेखि सवारीचालक लाइसेन्सको ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । केन्द्र सरकारले ट्रायलमा ७० अंक ल्याए पास हुने निर्देशिका जारी गरेको दुई वर्षपछि बागमती प्रदेशले सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को ट्रायलमा अंकभार प्रणाली लागू गर्ने निर्णय गरेको हो । बागमती प्रदेश श्रम, रोजगार तथा … Read more

जुम्लाबाट १२ र चितवनबाट १ घण्टामा काठमाडौं आउने वातारण बन्ने छ: अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर १५-  अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नभएको बताउनुभएको छ । बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्र नबुझेकाहरुले मात्र मुलुकको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताउनुभएको हो । उहाँले अर्थतन्त्रमा केही दबाव र चुनौती रहेको तर संकटमा छ भन्न नमिल्ने बताउनुभयो। ‘उहाँले … Read more

तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैनः माधव नेपाल

काठमाडौं,मंसिर १४- नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए । अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल … Read more

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मकवानपुर,१४ मंसिर । मकवानपुरको वकैयामा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक वकैया–५ श्रीपुर बस्ने २८ वर्षीय श्याम लामा रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति धरान–चतरा सडक खण्डअन्तर्गत हात्ती सुडेबाट श्रीपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–०१८ प २५५७ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकको नालीमा खसेको थियो … Read more

पर्सामा ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

जानकारी नेपाल डेस्क, मंसिर १४ गते । पर्सा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ५ मा ट्र्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । प्रसौनी गाउँपालिका वडा नम्बर ५को सखुवा टाली चोकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने अन्दाजी ४५ वर्षीय तपसी साह कानुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका … Read more

बारामा हत्या गरी गाडेको अवस्थामा युवकको शव फेला

बारा, मंसिर १४ गते । बाराको कोहल्बी नगरपालिका वडा नम्बर ११ रामकुरुवामा हत्या गरि गाडेको अवस्थामा एक युवकको शव फेला परेको छ । सोही ठाँउका ४० वर्षीय परीक्षण चौधरीको शव बुधवार बिहान गाडेको अवस्थामा फेला परेको हो । स्थानीयबासीले उनको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव उत्खनन् गरेर हेर्दा टाउकोमा धारिलो … Read more