सिमरामा दोस्रो कोसेली कप आज बाट शुरु हुदै

एस.एस. पटेल, बारा । बाराको सिमरामा दोस्रो कोसेली कप प्रतियोगिता आज बाट शुरु हुने भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरामा कोसेली युथ क्लबको आयोजनामा कोसेली कप फुटबल प्रतियोगिता हुन लागेको हो । आज कार्तीक ३ गते बिहिबारबाट शुरु भई कार्तीक ६ गते सम्म हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने क्लबले जनाएको … Read more

जनताको विश्वासलाई टुट्न दिन्न बारा ४ (क) उम्मेदवार: सन्तोष कुशवाहा

बारा, कार्तिक ०२ गते । बारा क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोष कुशवाहाले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने  बताएका छन् । बाराको जीतपुरसिमराका गाउँहरूमा आज आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले जनताका समस्या समाधान गर्न नै आफू राजनीतिमा लागेको बताए । बारा क्षेत्र नम्बर … Read more

माडीमा काट्ने बेलाको धान गैँडाले पार्‍यो नष्ट

फाइल फोटो

भरतपुर, कात्तिक २– काट्न तयारी अवस्थामा रहेको धानबालीमा गैँडा पसेर नष्ट गरिदिएको छ । चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो । वडा नम्बर १ सेरुवाकी किसान गीता महतोले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यो वर्ष के खाने भन्ने चिन्ता थपिएको गुनासो … Read more

नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान

चितवन, कात्तिक २– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ । हाल रहेको पुरानो पुलको आडैमा सिग्नेचर पुल बनाउने गरी ठेक्का आह्वान भएको हो । सडक विभागको पुल शाखाले डिजाइन एण्ड बिल्डको मोडलमा सिग्नेचर पुल बनाउने गरी आज ठेक्का आह्वान गरेको हो । बहुप्रतिक्षित सिग्नेचर पुल निर्माणको लागि ठेक्का आह्वान … Read more

कात्तिक ४ मा ओलीको ‘कल केपी बा’, सर्वसाधारणले ओलीलाई फोन गर्न सक्ने

काठमाडौँ, कात्तिक २– ने‍कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक ४ गते कुरा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। मंगलबार फेसबुकमा स्टाटस राख्दै उनले‍ सबैलाई आफ्नो फोन नम्बर उनको फेसबुकको म्यासेज बक्समा छोड्न अनुरोध गरेका छन्। ‘कात्तिक ४ गते, म तपाईंको सम्पर्कमा हुनेछु। आउनुस् कुरा गरौं।’, उनले भनेका छन्। यसअघि सामाजिक सञ्जालमा रहेका धेरै प्रयोगकर्ताले … Read more

बिक्रम पाण्डेको प्रश्नः माडी जाने बाटोमा आकाशे पुल र सुरुङ मार्ग बनाउँछु भन्नेहरु कहाँ गए ?

चितवन,कात्तिक १- पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले माडी मणीका रुपमा विकास हुन नसकेपछि फेरी चुनावी मैदानमा आएको बताउनुभएको छ । माडी–२ चिरौलीमा चुनावी प्रचारप्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै विकासको पर्खाइमा माडीले अब कुर्न नहुने बताउनुभयो । “माडीलाई मणी बनाउँछौं, आकाशे पुल, सुरुङ मार्ग बनाउँछु भनेका थिए, ती बनेपछि आउँला भन्दै पर्खिएँ, … Read more

बलात्कार आरोपी सन्दिपको इन्कारी बयान, भन्छन्–सँगै बसेको हो, बलात्कार गरेको होइन

काठमाडौँ, कात्तिक १– बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् । प्रहरी वृत्त, गौशालाले हालै लिएको बयानमा उनले बलात्कारको अभियोग अस्वीकार गरेका हुन् । तर घटना भएको भनिएको दिन जाहेरीमा उल्लेखित स्थानमा आफू पुगेको उनको बयान छ । स्रोतका अनुसार पीडित भनिएकी किशोरीसँग ५ भदौमा घुम्न गएको पनि उनले … Read more

मंसिर ४ गते हुने निर्वाचनमा तीन लाख सुरक्षाकर्मी परिचालन गरिने

काठमाडौँ, कात्तिक १– आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सरकारले तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । निर्वाचनका लागि चारवटै सुरक्षा संयन्त्र परिचालन गर्ने सरकारको तयारी छ । केन्द्रीय सुरक्षा समितिबाट पारित एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार चारवटै सुरक्षा अंगका सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि … Read more

बिर्तामोडमा मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु, दुई घाइते

बिर्तामोड, कात्तिक १– झापाको बिर्तामोड नगरपालिकामा सोमबार बेलुका मोटरसाइकल एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक बालिकासहित दुई जना घाइते भएका छन् । बिर्तामोड–२ बेलडाँगीस्थित दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नंको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा … Read more

एमालेलाई ठुलो धक्का: बारामा ९७ जनाले एमालेबाट दिए सामुहिक राजिनामा

एस.एस. पटेल, बारा । चुनावको मुखमा आएर एमालेबाट साधारण सदस्य समेत नरहने गरि ९७ जनाले सामुदायिक राजिनामा दिएका छन् । नेकपा एमाले मधेस प्रदेश सदस्य विश्वनाथ लामिछाने, जीतपुरसिमरा नगर कमिटि उपाध्यक्ष विरेन्द्र गिरि, जीतपुर गाविस संस्थापकपार्टी प्रमुख मोजाहिर अंसारी, एमाले बारा जिल्ला सदस्य कपुरराज पुरी, विष्णु प्रसाद अधिकारी, माधव फुयाल, प्रदिप कु. गुप्ता, जाफिर हुसेन … Read more