एक हजार चोरेको भन्दै आफ्नै पत्नीको हत्या

१३ साउन २०७९ लुम्बिनी । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको हत्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति हत्या गरेका हुन् । उनले मादक पदार्थ सेवन गरी पत्नीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । रु एक हजारका विषयमा … Read more

आज विश्व बाघ दिवस, नेपालमा बाघ गणनाको नतिजा सार्वजनिक गरिदै

चितवन, साउन १३– आज २९औं अन्तर्राष्ट्रिय बाघ दिवस । चितवनसहित देशभर विभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । यसपटक चितवन राष्ट्रिय निकुञ्जले सामान्य रुपमा बाघ दिवस मनाउन लागिएको हो । विशेष रुपमा वन तथा वातावरण मन्त्रालय अन्तरगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यक्रम हुने भएपछि जिल्लामा सामान्य रुपमा कार्यक्रम मनाउन लागिएको हो । ‘यसपटक सामान्य … Read more

फेरि देखिदै डेङ्गु, दमौलीमा सात बिरामी भेटिए

तनहुँ, साउन १३– तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ । अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताउनुभयो । उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सय न्दा बढी बिरामी … Read more

एसईईः धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास !

काठमाडौं, साउन १३- गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने … Read more

पर्सागढीबाट काठ चोरी गर्ने २ जना पक्राउ

एस.एस. पटेल, बारा । राष्ट्रिय वन जंगलबाट अवैध रुपमा सालको काचो काठ ल्याउँदै गरेको अवस्थामा २ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरबाट प्रहरीले २ जनालाई पक्राउ गरेक‍ो हो । पक्राउ पर्नेमा स्थानीय महेन्द्र राम र नगिना रामलाई रहेको प्रहरीले जनाएको छ । बढनिहारस्थित राष्ट्रिय वन जंगलबाट अबैध रुपमा … Read more

जीतपुरको ट्राफिक प्रहरी इन्चार्ज दिपक बस्नेतद्वारा दुर्घटना मुक्त अभियान सुरु

एस.एस. पटेल, बारा । जितपुर ट्राफिक प्रहरीका इन्चार्ज दिपक बस्नेतद्वारा दुर्घटना मुक्त अभियान सुरु गरिएको छ । साइकल यात्रुहरूलाइ सडकको छेउबाट हिड्न, गाडीहरूलाई आफ्नो लेनमा नियम पुर्वक हिड्न अनुरोध गर्दै जनचेतना फैलाउदै अभियानको थालनी गर्नु भएको हो । आज बिहिबार बाराकाे जितपुर ट्राफिक प्रहरीले अभियानको रुपमा साइकल यात्रुलाई र सर्वसाधारणलाई सडकमा कसरी हिड्ने, बाटो कसरी … Read more

जितपुरसिमरा बैंकर्स क्लब गठन

एस.एस. पटेल, बारा । जीतपुरसिमराका बैंक तथा बित्तीय संस्थाहरुले बैंकर्स क्लब गठन गरेका छन् । आज साउन १२ गते जीतपुरसिमरा उपमहानगरपालिका भित्रका बैंक तथा बित्तीय संस्थाहरुले आपसी समन्वय र सहकार्य गरेर पहिलो पटक जितपुरसिमरा बैंकर्स क्लब गठन गरेका हुन । गठन गरिएको जीतपुरसिमरा बैंकर्स क्लबको अध्यक्षमा सिदार्थ बैंकका कृष्ण प्रसाद गौतम र उपाध्यक्षमा लक्ष्मी बैंकका … Read more

बारा, पर्सामा भारी वर्षा हुने पूर्वानुमान, सतर्कता अपनाउन आग्रह

एस.एस. पटेल, बारा । मधेस प्रदेशको बारा र पर्सा जिल्लामा पछिल्लो ३ घण्टामा भारी वर्षा हुने पूर्वानुमान रहेको छ। दुदै जिल्लाको धेरै जस्तो स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको हो । भारी वर्षाका कारण पसाहा खोला, दुधौराखोला लगायत सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बाढी हुन सक्छ सक्ने समेत अनुमान गरिएको छ । तटीय … Read more

नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित

काठमाडाैँ । राष्ट्रियसभाको आजको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उक्त विधेयक गृहमन्त्री बालकृष्ण खाणले प्रतिनिधिसभाको सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त विचार … Read more

निजगढमा वडाध्यक्षको सिफारिसमा भारतीयलाई नेपाली नागरिकता

साउन, ९ गते, सोमबार । बाराको निजगढ नगरपालिकाबाट एक भारतीयले झुटो विवरणका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएको पाइएको छ । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ की रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. … Read more