चितवनमा खुकुरी हानेर श्रीमतीको हत्या, भाग्ने क्रममा श्रीमानको पनि ज्यान गयो

चितवन,साउन ९- चितवनको भरतपुरमा एक पुरुषले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । हत्यापछि तीन तलाबाट हामफालेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ । हिजो साँझ १०ः३० बजे भरतपुर महानगरपालिका १० रमाइलोचोक स्थित आफ्नै घरको बैठककोठामा ४३ बर्षिय कृष्णप्रसाद आचार्यले ३५ बर्षीय श्रीमती रुष्मा आचार्य घिमिरेलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला … Read more

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

९ साउन, काठमाडौं । सिन्धुपाल्चोकमा भूकम्प गएको छ । बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो । सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

सापकोटाको उपचारका लागि सहयोग जुट्दै, अनेरास्ववियुद्धारा १६ हजार हस्तान्तरण

सिमराः पौडी खेल्ने क्रममा लडेर घाईते भएका जीतपुरसिमरा १४ मौलापुरका राजिव सापकोटाको उपचारार्थ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डुमरवानाले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेको छ । अनेरास्ववियुको नेतृत्वमा संकलन भएको पन्ध्र हजार नौ सय ९५ रुपैया राजिवका बुवा बेदप्रसादलाई हस्तान्तरण गरिएको हो । १० कक्षामा अध्ययनरत राजिवको उपचारका लागि रकम जुटाउन अनेरास्ववियुले डुमरवानामा शनिवार … Read more

पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै, परिक्षण एकदमै कम

८ साउन । पछिल्लो समय नेपालमा पुन कोरोना संक्रमणदर तिब्र रुपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पनि पाँच प्रतिशतभन्दा कम भए मात्र संक्रमणको अवस्थालाई सामान्य मान्ने गरे पनि पाँच प्रतिशत भन्दा माथिको संक्रमणदरलाई असामान्य मानिने गरेको छ। तर नेपालमा असार २७ गतेबाट कोरोना संक्रमणदर पाँच प्रतिशतभन्दा माथि पुगे विवरणमा देखिन्छ। शनिबार ३ सय … Read more

दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिदै

काठमाडौं,साउन ८- नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८/०७९ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा बढी फागुन, चैत, वैशाख … Read more

मंकीपक्स विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

एजेन्सी- मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो । विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै … Read more

सिरहामा बाख्रा चराउन गएकी महिला मृत भेटिइन्

सिरहा, साउन ८ । बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका-२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि लहानस्थित प्रदेशिक अस्पताल … Read more

वीरगञ्जमा २ दिनदेखि हराएकी ४ वर्षीया बालिका मृत भेटिइन्

७ साउन, वीरगञ्ज । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ । वीरगञ्ज-२ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन … Read more

बाराबाट भारततर्फ लैजाँदै गरेको एक सय पचास किलो गाँजा बरामद

जानकारी नेपाल, डेस्क । सशस्त्र प्रहरीले बाराबाट लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको कैलाश गाउँपालिका ६ सानुलेख बस्ने अन्दाजी २९ वर्षीय राजकुमार रुम्बा तथा भारत बिहार राज्य मोतिहारी जिल्ला संग्रामपुर वडा नं ११ भरवलीया बस्ने श्यामलाल महतो पक्राउ परेका हुन् । हिजो शुक्रबार राति ९:५० बजे बारा जिल्लाको महागढीमाई नगरपालिका वडा … Read more

नागरिकता विधेयक बहुमतले पारित

जानकारी नेपाल, डेस्क । प्रतिनिधि सभाबाट नागरिकतासम्बन्धी विधेयक बहुमतले पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधि सभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । प्रतिनिधि सभाबाट पारित भएपछि यो विधेयक अब राष्ट्रिय सभामा जानेछ । त्यहाँबाट पनि पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बनेर लागु हुनेछ ।