सम्पर्कविहीन जहाज मुस्ताङको टिटी भन्ने स्थानमा दुर्घटनाग्रस्त

सम्पर्कविहीन भएको तारा एयरको (९ एन एइटी कल साइन)को ट्विनअटर जहाज मुस्ताङको खासा जनिकै टीटी भन्ने स्थानमा दुर्घटना ग्रस्त अवस्थामा भेटिएको छ । वायुसेवा संचालक संघका प्रवक्ता योगराज शर्मा कंडेका अनुसार उक्त जहाज १२ बजे भेटिएको हो ।  पोखराबाट जोमसोमाका लागि उडेको तारा एयरको जहाज बिहान ९ बजेर ५५ मिनेटमा पोखरा विमानस्थलबाट उडेको थियो । … Read more

हरेक नेपालीको भागमा ६३ हजार ३१० रुपैयाँ ऋण

काठमाडौ,जेठ १५- नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब पुगेको छ । यस आधारमा हरेक नेपालीको भागमा ऋणको अंश ६३ हजार ३१० रुपैयाँ पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार फागुन मसान्तसम्म सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब १९ करोड पुगेको छ । यसलाई नेपालको जनसंख्या २ करोड … Read more

सम्पर्कविहीन जहाजमा को को थिए ?

काठमाडौं । पोखराबाट जोमसोम उडेको जहाज अझै सम्पर्कमा आउन सकेको छैन । पोखराबाट १० बजेर १५ मिनेटमा उडेको (९ एन एईटी) जहाज २० मिनेटमा जोमसोम पुग्नुपर्ने थियो । तर अझै पुग्न सकेको छैन । उक्त सम्पर्कविहीन जहाजमा चालक दलका सदस्य सहित २२ जना सवार रहेको बताइएको छ । जसमा क्याप्टेन प्याप्टेन प्रभावकर घिमिरे, सहचालक उत्सव पोखरेल … Read more

तारा एयरको जहाजको खोजी मुस्ताङको घाँसामा केन्द्रित

१५ जेठ, काठमाडौं । सम्पर्क विहीन भएको तारा एयरको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ । स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफूले पनि त्यो सूचना पाएको तर एकिन भइनसकेको बताए । तारा एयरको उक्त जहाज … Read more

तारा एयरको जहाज खोज्न हेलिकप्टर पठाइयो

काठमाडौँ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ यात्रु र चालक दलका ३ सदस्यसहित २२ जना सहित बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले पुष्टि गरेका हुन् । जहाजमा विदेशी २, भारतीय ४ र १३ जना नेपाली यात्रु थिए … Read more

हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप … Read more

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

१५ जेठ, आईतवार ।  पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

वार्षिकोत्सबको अवसरमा हातेमालो साकोषद्वारा जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेडमा सहयोग

एस.एस. पटेल, बारा । आफ्नो १५ औं अवार्षिकोत्सबको अवसरमा हातेमालो बचत तथा ऋण सहकारी संस्थाले जीतपुर स्वास्थ्य चौकीलाई बर्थिङ्ग बेड सहयोग गरेको छ । आफ्नो हरेक वार्षिकोत्सब विभिन्न सामाजिक सहयोग गरेर मनाउदै आएको हातेमालोले १५ औं अवार्षिकोत्सबमा बाराको समरा स्थित रहेको सिमरा स्वास्थ्य चौकीमा पङ्खा, जीतपुर स्वास्थ्य चौकीमा बर्थिङ्ग बेड सहयोग गरेको छ भने भोलि … Read more

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वाेच्च अदालतद्वारा बदर

जानकारी नेपाल, डेस्क । सर्वोच्च अदालतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेबारे सरकारले अहिलेसम्म गरेका सबै निर्णय बदर गरिदिएको छ । बृहत पूर्ण इजलासले बिहीबार सरकारलाई नेपाललाई अर्को वैकल्पिक विमानस्थल चाहिने भए निजगढको विकल्प खोज्न आदेश दिएको हो । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अन्तिम आदेश गर्दै सर्वोच्चका न्यायाधीशहरू हरिकृष्ण … Read more

जीतपुरसिमराका नगर प्रमुख पौडेलले गरे पदभार ग्रहण, आधारभूत तहका विद्यार्थीलाई निशुल्क पोशाक

एस.एस. पटेल, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । जिल्ला न्यायधिस एवम् बाराको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीसंग आईतवार सपथ लिएका पौडेलले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै नगर प्रमुख पौडेलले सामुदायिक विद्यालयमा भर्ना हुने आधारभूत तहका विद्यार्थीलाई निशुल्क पोशाक वितरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् … Read more